अब अस्ट्रेलिया विराटनगरबाटै जान पाईने

<span class='c1'>अब अस्ट्रेलिया विराटनगरबाटै</span> <span class='c2'>जान पाईने</span>

विराटनगर,२ असोज । विदेश जाने विद्यार्थीहरुका लागि २७ वर्षदेखी शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको अल्फाबिटाले पूर्वको तीन सहरमा शूरु गरेको शैक्षिक मेला अन्तरगत  विराटनगरमा सम्पन्न भएको छ ।
‘अल्फाबिटा स्टडी एब्रोड क्यारियर फेयर २०१८’ नाम दिएको शैक्षिक मेला आइतबार धरानबाट शूरु भभएको थियो । मेला विराटनगरमा आएर सम्पन्न भएको हो । शैक्षिक मेला आइतबार धरान , सोमबार इटहरी र आज विराटनगरमा गरी तीन दिनसम्म आयोजना गरिएको अल्फाबिटा कन्सलटेन्सीको विराटनगर प्रबन्धक टिका ढकालले जानकारी दिए ।
उनले शैक्षिक मेलामा अस्ट्रेलिया, अमेरिका, युरोप र भारतका विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुले उच्च शिक्षाकालागि विदेश जान चाहने विद्यार्थीहरुलाई परामर्श गरेको बताए ।
२० वटा स्टल राखिएको शैक्षिक मेलामा अष्टेलियाबाट मात्र १४ वटा स्टल राखिएको थियो । विराटनगर इटहरी र धरानमा पाँच–पाँच सय विद्यार्थीहरुले अवलोकन गरेको ढकालले बताए । अल्फाविटा एजुकेसन कन्सलटेन्सीबाट वर्षमा एक हजार एक सय जना विद्यार्थी अस्ट्रेलिया, अमेरिका , न्युजिल्याण्ड लगायत युरोपका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरुमा पठाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्