मामाकै सहयोगमा २१ वर्षीया युवतीमाथि सामूहिक बलात्कार

<span class='c1'>मामाकै सहयोगमा २१ वर्षीया</span> <span class='c2'>युवतीमाथि सामूहिक बलात्कार</span>

काठमाडौं, २ असाेज ।  नुवाकोट घर भएर काठमाडौंको स्यूचाटारमा खाजा पसल सञ्चालन गर्ने रमा देवी (नाम परिवर्तन)की २१ वर्षीया छोरी सुनिता (नाम परिवर्तन) सोमवार अपराह्न ४ बजे एकाएक पसलबाट हराइन् ।

छोरी कतै गएकी होलिन् भन्ने सोचमा रहेकी रमा त्यतिबेला झसंग भइन्, जब छोरि अर्जुन लामासँग गएकी हुन् भन्ने थाहा पाइन् । पसलमा खाजा खान आइरहने अर्जुन रमासँग दिदी भन्ने गर्दथे । सुनितालाई भान्जी भनेर बोलाउने अर्जुनको केही व्यवहार भने रमालाई मन पर्दैनथ्यो । व्यवहारका हिसावले नराम्रो मान्छे अर्जुनसँग छोरी गएको सुनेपछि रमा बेचैन भइन् । केही स्थानीय र रमाले सुनिताको खोजी पनि गरे । तर सुनिता नभेटिएपछि प्रहरीलाई खबर गरे ।

प्रहरीले अर्जुनको फोन ट्रेस गरेर उनीहरु भएको ठाउँ पत्ता लगायो । अर्जुनको फोन ट्रेस गर्दा उनीहरु काठमाडौंको भीमढुङ्गा भएको पत्ता लाग्यो । खोजी थालेको करिब २ घन्टापछि सोमबार राति करिब ११ बजेतिर प्रहरीले अर्जुनसहित सुनितालाई भीमढुङ्गाको एक सामान्य होटेलमा फेला पार्यो । होटेलको कोठामा रोइरहेको अवस्थामा फेला परेकी सुनिताले प्रहरीलाई आफूमाथि सामूहिक बलात्कार भएको बताइन् ।

आफूमाथि होटेल सञ्चालक सूर्य लामा र उनका साथी रामकृष्ण नगरकोटीले बलात्कार गरेको सुनिताले बयान दिइन् । कान पनि कम सुन्ने र राम्ररी बोल्न समेत नसक्ने सुनिता आफूलाई भान्जी भनेर बोलाउने अर्जुनको भरमा भीमढुङ्गा पुगेकी थिइन् । तर त्यहाँ पुग्दा  मामा (अर्जुन)कै चिनजानका व्यक्तिले उनीमाथि बलात्कार गरे । प्रहरीले बलात्कारमा संलग्न सूर्य लामा र रामकृष्ण नगरकोटी तथा सुनितालाई घरबाट लैजाने अर्जुन लामालाई पनि पक्राउ गरेको छ ।  सुनिताको मेडिकल परीक्षणबाट उनीमाथि बलात्कार भएको भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रामदत्त जोशीले जानकारी दिए ।  प्रहरीले घटनाको थप अनुसन्धान अगाडि बढाएको एसपी जोशीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्