विर्तामोड–भद्रपुर सडकको निर्माण कार्य शुरु

विर्तामोड–भद्रपुर सडकको निर्माण कार्य शुरु

झापा, ३ असोज ।
बर्षामा हिलो, खाल्डाखुल्डी, भलपानी र हिउँदमा धुलोको कारण सधैँ स्थानीय र यात्रुले सास्ती भोग्ने गरेको बिर्तामोड–भद्रपुर सडकको निर्माण कार्य शुरु भएको छ ।
४ दशमलब ०७ किलोमिटर सम्मको सडकलाई कालोपत्रे गर्दै स्तरोन्नती गर्ने काम आजबाट सुरु गरिएको हो । बिर्तामोड नगरपालिकाको पहलमा सडक डिभिजन कार्यालय दमकले २७ करोड रुपैयाँको लागतमा बिर्तामोड–भद्रपुर सडकखण्ड अन्र्तगत २ दशमलव ८ किलोमिटरसम्म चार लेनको र बाँकीलाई दुई लेनको निर्माण सुरु गरिएको हो ।
झापामा पहिलो पटक निर्माण हुन लागेको चार लेनको सडकको निर्माण आशिष प्रेरा जेभीले गर्दैछ । बिर्तामोड–भद्रपुर सडक खण्डको अधिकांश भाग भत्किए पनि पहिलो चरणमा भने विर्तामोडदेखि ४ किलोमिटर सडकको मात्रै स्तरोन्नती हुनेछ । ५ सेन्टिमिटरसम्म आस्फाल कंक्रिट प्रयोग गरेर २०७६ साल पुस मसान्तभित्र सम्पन्न गर्ने गरी सडकको निर्माण सम्झौता भएको सडक डिभिजन कार्यालय दमकका इन्जिनियर माधव पौडेलले जानकारी दिए ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र विर्तामोडदेखि सदरमुकाम भद्रपुरसम्मको सडकखण्ड भत्किएको वर्षौं बिते पनि बन्न सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्