संबिधान दिवस : काठमाडौँ टुँडिखेलको झल्को प्रदेश सरकारले विराटनगर मै दियाे (फाेटाे फिचर)

संबिधान दिवस : काठमाडौँ टुँडिखेलको झल्को प्रदेश सरकारले विराटनगर मै दियाे (फाेटाे फिचर)

विराटनगर, ३ असोज ।
प्रदेश सरकारले आज भब्य रुपमा संबिधान दिवस मनाएको छ । दिवसको आवसरमा आयोजित कार्यधmममा प्रदेश सरकारले नमुनाको रुपमा भब्य कार्यक्रमको आयोजना गरेको हो । सरकारको छनक देखिने गरी बिराटनगरमा भएको कार्यक्रममा एक नम्बर प्रदेशको संस्कृती झल्कने बाजा गाजा तथा झाँकीहरु प्रस्तुत भएका थिए । एक नम्बर प्रदेशको राई, लिुम्बु, बाँतर धिमाल जातिका झाँकी सँगै लाखे , बालन तथा संगिनी नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रमलाई हेर्दै गर्दा काठमाडौँको टुँडिखेलको भन्दा कमी छैन । काठमाडौँलाई बिर्साउने गरी भएको सबिधान दिवसको कार्यक्रमले सबैलाई सबिधान प्रतिको आस्वा र विस्वास अपनत्व गराउनु रहेको प्रदेश सरकारकोको उदेश्य देखिन्थ्यो । प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले मात्र सम्बोधन गरेको कार्यक्रममा एक नम्बर प्रदेशका अति विशिष्ट ब्यक्तिहरुको उपस्थिती रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले संविधानको भावना र मर्मलाई व्यावहारिकरुपमा रुपान्तरण गर्न संविधान कार्यान्वयनको महत्वपूर्ण चरणमा रहेको बताए ।समाजमा शान्ति सुरक्षा र अमनचयन कायम गरी आर्थिक विकास एवम् समृद्धि हासिल गर्दै सवल राष्ट्र निर्माणको वलियो आधार तयार गरेर अगाडी वढनुको बिकल्प नरहेको उल्लेख गर्दै मुख्यमन्त्री राईले संविधान बमोजिम संघ, प्रदेश र स्थानीय सरकारहरु संचालन भैरहेको र तदनुरुप नयाँ शासन शैलिको अभ्यास गरिरहेको बताए ।
प्रदेश स्थापना भएपश्चात् प्रदेश संचालन गर्न प्रदेश सभा, प्रदेश प्रमुखको कार्यालय मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्य न्यायाधिवक्ताको कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालयका अलावा प्रदेशका सवै विषयगत मन्त्रालयहरु स्थापना भई मन्त्रालयहरुको कार्य विभाजन गरी मन्त्रालयहरुले आफूलाई तोकिएका कार्य सम्पादन गरिरहेको बताए । प्रदेशमा तत्काल आवश्यक पर्ने कानूनहरु बनाई कार्यान्वयनमा ल्याउने काम भईरहेको सुनाएका मुख्यमन्त्री राईले संवैधानिक व्यवस्था, संघीय सरकारको मार्गनिर्देशन एवं प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रमले सम्बोधन गरेका विषयहरुलाई वार्षिक बजेटमा समावेश गरी त्यस्ता विषयहरु कार्यान्वयन गर्न चौमासिक रुपमा आवश्यक कार्य भैरहेको उल्लेख गरे । प्रदेशवासी जनताको विकास र समृद्धि, सुशाशन र सम्मानको चाहनालाई मुर्तरुप दिइ पुरा गर्न सरकार संवेदनशील मुख्यमन्त्री राईको दाबी छ । प्रदेश सरकारले आफनो वार्षिक नीति कार्यक्रम र वजेटका अतिरिक्त नागरिक सचेतना, सुरक्षा र सम्मानका लागी घर घरमा स्टिकर टाँस अभियान अत्यन्तै प्रभावकारी रुपमा संचालन गरिसकिएको उल्लेख गरे । मुख्यमन्त्री राईले सडक सुरक्षा र सुशाशनको अभियानलाई अगाडी वढाउने घोषणा गरिसकिएको बताउँदै संविधानले निर्दिष्ट गरेका व्यवस्थालाई कार्यान्वयन गर्न सरकार कटिबद्ध र प्रतिबद्ध रहेकोमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्