सीके राउतका समर्थक १०० भन्दा बढी पक्राउ

सीके राउतका समर्थक १०० भन्दा बढी पक्राउ

जनकपुर, असोज ३ । धनुषाबाट प्रहरीले सीके राउतका समर्थक १०० भन्दा बढीलाई पक्राउ गरेको छ ।

संविधान जारी भएको दिनको विरोधमा ‘स्वतन्त्र मधेस गठबन्धन’ले आयोजना गर्न लागेको ‘चलु जनकपुर भरु जनकपुर’ कार्यक्रमको तयारीकाक्रममा बुधबार जनकपुरका विभिन्न चोक र धनुषाका विभिन्न स्थानबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

कार्यक्रम गर्ने भनिएको बाह्रविगाह मैदानलाई प्रहरीले घेरा हालेको छ । जनकपुरका विभिन्न स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

महोत्तरी, सिरहा, सप्तरी, रौतहट र रुपन्देहीलगायतका स्थानबाट पनि राउत समर्थकलाई पक्राउ गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्