भारतको नृत्य डिग्री बिराटनगरमा प्रयाेग, यसरी शुरुभयाे‘न्यु क्लियर डान्स ग्याङ सेन्टर’

भारतको नृत्य डिग्री  बिराटनगरमा प्रयाेग, यसरी शुरुभयाे‘न्यु क्लियर डान्स ग्याङ सेन्टर’

 

प्रेम देवान ।
विराटनगर, ३ असोज । विराटनगरमा पछिल्लो समय नृत्य क्षेत्रमा युवा वर्गहरुको आकर्षण बढ्दै जान थालेको छ । नृत्य क्षेत्रलाई पनि व्यावसायिक रुपमा अगाडी बढाउन डान्स सेन्टर खोल्ने क्रम बढ्दो छ । आम नागरिकको माग पनि त्यही अनुसार देखिन्छ । भारतबाट नृत्य विधामा डिग्री होल्डर विराटनगरका एक युवाले डान्स पारखीहरुको लागी न्यु क्लियर डान्स ग्याङ्ग सेन्टर सञ्चालनमा ल्याएका छन् । करिब ३ लाखको लगानीमा विराटनगर ८ रंगेली रोड स्थित जलजलामा बुधबार डान्स ग्याङ्ग सेन्टरको शुभारम्भ भएको हो ।
विराटनगर १५ का २६ बर्षिय युवा रेमो रायले डान्स पारखीहरुको लागि न्यु क्लियर डान्स ग्याङ्ग सेन्टर संञ्चालनमा ल्याएका हुन् । डान्स ग्याङ सेन्टरमा हिप पप बलिउड, लकिङ्ग, क्रुमिङ्ग, ज्याज पङक, फिटनेस क्लास, एरोविक जुम्वा लगायतका कक्षा हुने डान्स सेन्टरका सञ्चालक रायले जानकारी दिए । सेन्टरको उद्घाटन वि एफ.एमका कार्यकारी निर्देशक डा. सन्देश दास श्रेष्ठले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्