झापामा पहिलो पटक सामुदायिक वनस्तरीय नकआउट फुटबल प्रतियोगिता हुने

झापामा पहिलो पटक सामुदायिक वनस्तरीय नकआउट फुटबल प्रतियोगिता हुने

झापा, असोज ४ । झापामा पहिलो पटक सामुदायिक वनस्तरीय नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

कन्काइ नगरपालिका–१ मा रहेको प्रजापति सामुदायिक वन उपभोक्ता समूहले जिल्लामा रहेका ५९ वटा सामुदायिक वन उपभोक्ता समितिलाई समेटेर फुटबल प्रतियोगिता गर्न लागेको हो । सामुदायिक वन उपभोक्तालाई समेटेर गर्न लागिएको यो प्रतियोगिता नेपालमै पहिलो भएको प्रजापति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सूर्यकुमार थापाले बताए ।

सामुदायिक वनभित्र रहेको पर्यटकीय क्षेत्र गैडे आहालको प्रचार गर्ने र सामुदायिक वनमा युवाको मन जोड्न पहिलोपटक उपभोक्ता समितिलाई समेटेर फुटबल प्रतियोगिता गर्न लागिएको हो । यही असोज १३ गतेबाट सुरु हुने प्रतियोगिता ३० गतेसम्म चल्ने छ ।

सामुदायिक वनका उपभोक्तामात्र सहभागी हुन पाउने योे प्रतियोगिता गर्न १५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । प्रतियोगिता विजेतालाई १ लाख ११ हजार १ सय ११, दोस्रो हुनेलाई ७५ हजार ५ सय ७५ रुपैयाँ र तेस्रो हुनेलाई ४१ हजार १ सय ११ रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्