मौलाना हत्याकाण्ड : भुटाहामा स्कुल अगाडी गोली हानेर अपराधी सिमा कटे

मौलाना हत्याकाण्ड : भुटाहामा  स्कुल अगाडी गोली हानेर अपराधी सिमा कटे

विराटनगर,४ असोज । सुनसरीमा मदरसाह संचालक मौलानाको गोली हानी हत्या भएको छ । केही बेर अघि सुनसरीको हरिनगरा गाउँपालिका वडा नम्बर २ भुटाहामा रहेको रैयन पब्लिक स्कुलको गोलमा नै उनलाई गोली प्रहार भएको स्थानीयले बताएका छन् । घुस्कीका स्थानीय ब्यापारी ईशा अन्सारीले टोलिफोनमा भने, मौलानाको गोली हानेर भागेका उनीहरुलाई हामी समेतले थाहा पाएर घुस्कीमा रोक्न खोज्दा प्रहरीलाई नै गोली हानेको थियो ।सो बिद्यालयका प्रधानाध्यापक मौलाना खुर्सिद आलमको गोलीहानी हत्या भएको हो ।
भारतीय नम्बरको ३ वटा मोटरसाईकलमा आएको टोलीले खुर्सिदलाई गोली हानी भागेका थिए । गोली हानेको थाहा पाएका स्थानीय तथा प्रहरीले हत्यामा संलग्नलाई रोक्नको लागि सुनसरीको घुस्की नाकामा दौडिएर पुगेको भएपनि प्रहरीले दौडेर रोक्ने क्रममा प्रहरी जवान शिव कुमार पौडेललाई खुट्टामा गोली हानेर उनीहरु भागाको ईशा अन्सारीले बताए । स्थानीय सहति प्रहरीको टोली उनीहरुको पिछा गर्दै सिमावर्ती क्षेत्रमा पुगेको भएपनि उनीहरु भागेको उनले बताए ।
घाइते पौडेललाई उपचारको लागि ईनरुवा पुगेर फर्किएका अन्सारीले भने, हत्याको बिरोधा आहिले स्थानीय प्रदर्शनमा उत्रिएका छन् । अहिले जिल्ला स्थीत प्रहरी कार्यालयको टोली सहित घटना स्थलमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारी सहितको टोली भुटाहा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्