विराटनगर हिमालय रोडमा रहेको क्वालिटी होटलमा ग्याँस लिक भई आगलागी हुदाँ २ घाईते

विराटनगर हिमालय रोडमा रहेको क्वालिटी होटलमा ग्याँस लिक भई आगलागी हुदाँ २ घाईते

विराटनगर ४ असोज । विराटनगर ९ हिमालय रोडमा रहेको क्वालिटी होटलमा बुधबार खाना पकाउने ग्याँस लिक भएर आगलागी हुदा २ जना गम्भिर घाईते भएका छन् ।
दिउँसो करिव साढे ३ बजेको समयमा हिमालय हल अगाडी रहेको क्वालिटी होटलमा ग्याँस लिक भई अचानक आगलागी भएको थियो । आगोले पोलेर होटल संचालिका विराटनगर १२ बस्ने बर्ष(४८ की अमिना प्रधान घाईते भएकी छन् । त्यसैगरी सोही होटलमा कामदारको रुपमा काम गर्दै आईरहेका ४५ बर्षीय मोहन आचार्य पनि घाईते भएको मोरङ प्रहरीले जनाएको छ ।
आगोले पोलेर शरिरको विभिन्न ठाउमा चोट लागेका दुवै जनालाई उपचारको लागि न्यूरो अस्पताल पाइएको भए पनि थप उपचारको लागी विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्