खुर्सिद आलामको हत्यापछि सिमामा सुरक्षा ब्यवस्था कडा, सजिलै भागे अपराधी

खुर्सिद आलामको हत्यापछि सिमामा सुरक्षा ब्यवस्था कडा, सजिलै भागे अपराधी

विराटनगर, ४ असोज ।
खुर्सिद आलमको हत्याको विषयले मुस्लिम अगुवाहरुलाई त्रसित बनाएको छ । बिहान गोली हानी हत्या गरिएका आलमको शव अहिलेसम्म पनि उठेको छैन । जहाँ गोली हानिएको हो त्यही गाउँमा राखिएको छ । स्थानीयले प्रदर्शन गरेर स्पष्ट सरकारको धारणा नआउँदासम्म शव नउठाउने बताएका छन् । रैयन पब्लिक स्कुलका प्रधानध्यापक तथा त्यो बिद्यालयका सञ्चालक समेत रहेका आलमलाई गोली हानन भन्दा पहिला उनी आफ्नै एउटा संस्थाको बैठक सकेर फर्किएका थिए ।
विद्यालय स्कुलको सम्बन्धमा बिद्यालयका अभिभावकलाई बोलाएर बैठक राखिएको थियो । हरेक महिनाको अन्त्यमा विद्यालयले बिद्यार्थीका अभिभावकसँग छलफल गर्दै आएको थियो । त्यही क्रममा आजपनि बैठक आयोजना गरिएको थियो । बिद्यालय भन्दा केही टाढा भएको बैठक सकेर उनका आफन्त पर्ने अमिन मियाँको मोटरसाईकलमा खुर्सिद बिद्यालय जाँदै थिए ।
स्कुलबाट ३० मिटर अघि जाने बितिकै ति ब्यक्तिहरु पछि लागेरका थिए । बिच बजारमा पछाडीबाट पच्छयाँउदै २ वटा मोटरसाइकलमा आएका चार जना हतियारधारीले खुर्सीद सवार मोटरसाइकललाई लक्षित गरी गोली हानेका हुन् । मोटरसाइकल रोकेर अमिनलाई ओरालेपछि नजिकैबाट हतियारधारीले खुर्सीद आलामलाई छाती र घाँटीमा गोली हानर हत्या गरेको प्रत्यक्षदर्शीले बताएका छन्

यसरी भागे भारत
स्थानीय लस्करी अन्सारीका अनुसार गोली हानेपछि उनीहरु भारत तर्फ भागेका थिए । एउटा मोटरसाईकल पुर्ब लागेको र अर्को मोटरसाईकल दक्षिण लागेको थियो । त्यस लगत्तै स्थानीयले प्रहरीलाई खबर गरे । अनी कतिपयले घुस्कीमा रहेका आफन्तहरुलाई पनि फोन गरेर घटनाको बारेमा जानकारी गराएका थिए । भुटाहाबाट घुस्की पुग्न करिब ७ किलोमिटरको दुरी पार गर्नु पर्ने भएकोले त्यहाँसम्म पुग्नको लागि समय लाग्ने भन्दै स्थानीयले घुस्की प्रहरीलाई खबर गरेको लस्करी बताउँछन् ।
हामीले प्रहरीलाई पनि तत्कालै खबर गर्यौ तर सात किलोमिटर ग्राभेल बाटोबाट सुटर भारत पुग्दासम्म प्रहरीले पक्राउ गर्न सकेन, उनले गुनासो गरे । सिमा कट्नै लाग्दा घुस्की प्रहरी चौकीका एक प्रहरी जवानलाई गोली हानेर जाँदा पनि प्रहरीले पक्राउ गर्न सकेन स्थानीयको भनाई छ । स्थानीयले यो घटनालाई पहिला देखि नै ब्यक्तिको पहिचान गरेर हत्या गरेको हुनसक्ने भनेका छन् । भारतीय बजारबाट आएका ब्यवसायिक सुुटरले नै यसरी खुर्सिदको हत्या भएको स्थानीय ब्यापारी ईशा अन्सारीले बताए ।
सुरक्षा संयन्त्र फितलो
घटनाको बारेमा सशस्त्र प्रहरी बेशक्याम्पका सशस्त्र प्रहरी निरिक्षक दिलबहादुर पन्तले घटनाको बारेमा ढिलो जानकारी हुँदा हत्यारा भाग्न सफल भएको बताए । अहिले बोर्डर सिल गरेर सुरक्षा ब्यवस्था कडा पारिएको उनले बताए । उनका अनुसार, ‘हामी परिचालन हुन भन्दा पहिला नै भागेको हुन् । हामीलाई जानकारी हुनसाथ हामीले भारतको सिमासुरक्षा बलका कमाण्डर रमेशचन्द्र मलहोत्रालाई जानकारी गराईएको थियो ।’ ईन्सपेक्टर पन्तले प्रहरीलाई गोली हानेपछि स्थानीय अबुल अन्सारीले फोन गरेपछि मात्र थाहा भएको बताए । थाहा पाउने बितिकै आफ्नो टोलीलाई सेटबाट हतियार सहित सेतो कलरको अपाच्य बाईक देख्ने बितिकै नियन्त्रणमा लिने अन्यथा गोली ठोक्ने आदेश भएको थियो, उनले सुनाए । नेपाल प्रहरीको चौकी मुख्य सडकमा रहेको भएपनि सशस्त्र प्रहरीको क्याम्प भने त्यो सडक भन्दा करिब ३० किलोमिटर भित्र रहेको छ ।
अहिले भुटाहामा हत्या भएका खुर्सिदको शव उठेको छैन । स्थानीयले आन्दोलन गरिहेका छन् भने दक्षिणी सिमासँग जोडिएका स्थान कप्तानगञ्ज देखि बसन्तपुरसम्मका भागमा ब्यापक सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ । सबै नाकामा निगरानी बढाईएको छ भने भारतीय सुरक्षा अधिकारीहरुसँग पनि सहकार्य गरेर हत्याराको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्