प्रहरी प्रबिधि मैत्री बन्दै, विराटनगरबाट शुरुभयो मोवाईल एप्सबाटै अपराधिक घटनाको निगरानी

प्रहरी प्रबिधि मैत्री बन्दै, विराटनगरबाट शुरुभयो मोवाईल एप्सबाटै अपराधिक घटनाको निगरानी

प्रेम देवान/ओबी
विराटनगर, ४ असोज । मोरङ जिल्लाबाट डिजिटल प्रहरी परिचालन प्रणालीको शुभारम्भ गरिएको छ । प्रहरी सेवालाई प्रविधिमैत्री बनाई आमनागरिकहरुबाट प्राप्त हुने सूचनाको आधारमा तत्काल प्रहरी परिचालन गरी शान्ति सुरक्षा, आपराधिक घटना न्यूनिकरण तथा रोकथाम एवम् नियन्त्रण गर्न यस्ता् प्रबिधि अबलम्बन गरिएको हो ।
‘हाम्रो सूचना हाम्रो सुरक्षा’ नाम दिएर जिल्ला प्रहरी कार्यलय मोरङले मोवाइल एप्सबाटै अपराधिक घटनाबारे जानकारी पाउन सक्नेगरी प्रबिधिको विकास गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङले बढ्दो ईन्टरनेट प्रबिधिको सदुपयोग गर्दै बिहीबारबाट अपराधिक घटनाको सूचना संकलन गर्न मोबाइल एप्स प्रयोगमा ल्याएको छ । कुनै अपराधिक घटना भए वा अप्ठेरोमा परेको अवस्थामा नागरिकले सो एप्सको माध्ययमबाट प्रहरीलाई सुचना दिन सक्ने जनाईएको छ।
जिल्ला प्रहरी कार्यालयमा आयोजिक एक कायृक्रमका बिच प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले मोवाइल एप्सको सार्वजनिक गरे ।उनले मोवाईलमा भएको एप्सलाई शुरुवात गर्दै मोरङ प्रहरी प्रबिधि मैत्री भएको बताए । नेपाल मै पहिलो पटक यो प्रविधी मोरङ जिल्लाले भित्र्याएको हो । मोवाइल एपमा कुनै अपराधिक घटना भएको वा अप्ठेरोमा परेको अवस्थामा नागरिकले सहजै मोवाईलको माध्यामबाट यो एपको प्रयोग गर्नसक्ने प्रहरीले जिल्ला प्रहरी कार्याल मोरङले जनाएको छ ।लआम नागरिकले यो माध्यामबाट प्रहरीलाई सहज रुपमा सूचना दिन सक्नेछन् भने सोही जानकारीका आधारमा प्रहरी पनि तत्काल घटना स्थलसम्म पुग्न सक्ने छ ।
मारेङका प्रहरी उपरीक्षक मनोज केसीले प्रहरी र सर्बसाधारणकालागि छुट्टा छुट्टै एप भएको बताउँदै भने, ‘डाटा अथवा वाईफाईको माध्ययमबाट एपको इमरजेन्सी बटममा थिच्दा जीपीपएस लोकेशन सहितको सूचना कन्ट्रोल रुममा आउँछ र कन्ट्रोलले केही सेकेण्डमै घटनास्थल नजिकै रहेको प्रहरीलाई पठाउँछ ।’
उपरीक्षक केसीले नयाँ एप्स मोरङ जिल्लाका सबै युनिटहरुबाट सुरू गरिएको जानकारी दिँदै एपमार्फत सूचना दिन सजिलो हुने बताए । एप्स मार्फत प्रहरीलाई सूचना प्रदान गर्न पनि सहज हुने उनको भनाइ छ । घटना स्थलमा रहेको प्रहरीले अफिसमा रिपोर्टिङ गर्दा पनि एप्समा नै क्लिक गर्न सकिने उनको भनाइ छ । एक नम्वर प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई अपराधमुक्त र सुरक्षित प्रदेश वनाउन प्रदेशका थप १३ वटै जिल्लामा डिजिटल प्रहरी परिचालन प्रणाली विस्तार गर्न लागेको वताए । मुख्यमन्त्री राईले एक नम्वर प्रदेशमा शान्ती सुरक्षा र सुशासन कायम गर्न प्रविधि मैत्री प्रणालीको विकास आवश्यक रहेको उल्लेख गरे ।
एक नम्वर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले नागरिकको सुरक्षाका लागी प्रदेश सरकार संवेदनशिल रहेको वताए । कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुली, प्रमुख जिल्ला अधिकारी रमेश केसी, एक नम्वर प्रदेश प्रमुख डिआइजी केदार रिजालले डिजिटल प्रहरी परिचालन प्रणालीलाई विस्तार गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्