मध्यरातमा बिराटनगरको मुख्य बजारमा यसरी चोरी भयो मोवाईल मर्मत केन्द्रमा

मध्यरातमा बिराटनगरको मुख्य बजारमा यसरी चोरी भयो मोवाईल मर्मत केन्द्रमा

अावर  विराटनगर
विराटनगर, ४ असोज ।
विराटनगर ८ सिदार्थ चोकमा रहेको एक मोवाईल रिपेरिङ्ग सेन्टरमा मध्यरातमा चोरी भएको छ । विराटनगर ८ का अभिशेक साहले संचालन गरेको न्यू अभि मोवाईल एण्ड रिपेयरङ्गि सेन्टरमा बुधबार राती चोरी भएको छ । मोवाईल पसलमा लगाएको ६ वटा ताला फोडेर चोरी भएको मोवाईल रिपेरिङ्ग सेन्टरका संचालक अभिशेक साहले जानकारी दिए ।
पसलबाट एउटा ल्यापटप,२ वटा नयाँ माेवाईल तथा ६ वटा मर्मतकाे लागि राखिएकाे ग्राहककाे पुरानाे माेवाईल चोरी भएको छ। ६ वटा ताला लगाउने गरेकोमा ६ वटै ताला फोडेको उनले जानकारी दिए । आज बिहान करिब ४ बजे पसलमा चोरी भएको बुबाका साथीको माध्ययबाट थाहा पाएको उनले बताए ।
‘बुबाका साथीहरु मनिङ्गवर्कमा निस्कीको बेला विहानै कसले पसल खोलेछ भनेर हेर्दा त सबै पसलका ताला तोडेर चोरी भएको थाहा भयो, उनले भने, अरु बेला सधै प्रहरी पनि बस्थ्यो तर बुधबार राती अचानाक चोरी हुँदा अचम्मित भएको छु ।’ उनले पसलमा भएको चोरीको बारेमा मोरङ प्रहरीलाई जानकारी गराएका छन् । उता मोरङ प्रहरी प्रमुख मनोज केसीले घटनाको अनुसन्धान शुरु भईसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्