संघीय सरकारप्रति प्रदेश सरकारकाे सार्वजनिक रुपमै  असन्तोष  प्रकट

संघीय सरकारप्रति  प्रदेश सरकारकाे सार्वजनिक रुपमै  असन्तोष  प्रकट

विराटनगर, ५ असाेज ।   एक नम्बर प्रदेश सरकारले पनि संघीय सरकारप्रति सार्वजनिक रुपमै  असन्तोष  प्रकट गर्न थालेको छ। एक नम्बर प्रदेश सरकारका मन्त्रीहरुले पनि आलोचना गर्न थालेका छन्। नेकपा सम्बद्ध मन्त्रीले नै संघीय सरकारको कार्यशैलीको तिखो आलोचना गर्दै कडा असन्तोष प्रकट गरेका हुन् । 

आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले संघीय सरकारको स्वार्थकै कारण प्रदेश सरकारहरु अधिकार सम्पन्न हुन नसकेको आरोप लगाए ।   उनले सबै तहले अावस्यकताका अाधारमा काम गर्न नसकेकाे सुनाए ।  नेपाल पत्रकार महासंघको प्रदेश कार्यालय विराटनगरमा अायाेजित कार्यक्रममा  संघीय सरकारले संघीय सरकारले प्रदेशलाई अधिकार सम्पन्न बनाउने आधारभूत कामहरु नै नगरिदिएको बताए ।

संघीयता कार्यान्वयनमा गएपछि तीन वटा काम मुख्य हुने तर आफ्नो ‘सुप्रिमेसी’ अन्त्य हुने भयले केन्द्र सरकारले महत्वपूर्ण काम अल्झाएर राखेको उनको भनाइ छ। ‘पहिलो राजनीतिक व्यवस्थापन हो, जुन  तीन वटै तहमा भइसकेको छ। तर, प्राकृतिक स्रोत बाँडफाँड  र वित्त आयोग बनाउने तथा कर्मचारी संयन्त्र र कार्यालयहरु प्रदेशलाई हस्तान्तरण  नभएकाे उनकाे गुनासाे छ ।  प्रदेश र स्थानीय तहलाई बलियो बनाउँदा मात्रै संघीयता सफल र बलियो बन्ने उनकाे भनाई छ । उनले संघीय सरकारकाे अाफ्नाे काम छ, प्रदेश सरकारले विकासकाे काम गर्ने हाे  र स्थानीय तहले  सेवाकाे काम गर्ने हाे भने हामीले चाहेकाे जस्ताे संघीयता मार्फत सम्रिद्धी हाँसिल गर्न सकिने बताए । तर अहिलेकाे अबस्था प्रदेश सरकारलाई अप्ठेराे पार्ने खालकाे देखिएकाे उनकाे अाराेप छ ।

नेकपाका केन्द्रीय सदस्यसमेत रहेका आङ्बोले सरकार संवैधानिक निकाय भएका कारण यसको गतिविधि ‘नियन्त्रित हुन नहुने’ बताए। ‘म नेकपाको केन्द्रीय सदस्य हुँ  नेतृत्वको निर्देशन  पार्टीमा अनिवार्य पालना हुन्छ’, उनले भने ‘तर, सरकार संवैधानिक निकाय हो।  यसको काम प्रभावित पार्न हुँदैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्