पेट्रोलियम पदार्थको ढुवानी ठप्प गरी अान्दाेलनमा उत्रेकालार्इ कारबाही गर्ने चेतावनी

पेट्रोलियम पदार्थको ढुवानी ठप्प गरी अान्दाेलनमा उत्रेकालार्इ कारबाही गर्ने चेतावनी

काठमाडाैँ । मुलुकी अपराध संहितामा भएका केही नयाँ प्रावधानकाे विराेधमा यातायात मजदूर एवं व्यवसायी अान्दाेलनमा उत्रिएका छन् । अान्दाेलनका कारण ढुवानी व्यवसायीहरुले केही दिन यतादेखि पेट्रोलियम पदार्थको ढुवानी समेत ठप्प पारेका छन् ।

ढुवानीकर्ताहरूले तत्काल सेवा सुरु नगरे उनीहरूमाथि कारबाही गरिने चेतावनी नेपाल आयल निगमले दिएको छ ।

ट्याङ्कर सञ्चालन अवरोध गरेर पेट्रोलियम पदार्थमा असहज बनाएको भन्दै निगमले चेतावनी दिएको हो । निगमका प्रवक्ता बीरेन्द्र गोइतले निगमले ढुवानी व्यवसायीसँग सम्झौता गरेकाले तत्काल सहज नभए उनीहरुसँगको सम्झौता रद्द गरेर कारबाही गर्ने जानकारी दिनुभएको छ ।

निगमले ट्यांकर चालकहरुको मागबारे जानकारी नभएको भन्दै कडा कदम चाल्ने बताएको छ । निगमले सूचना नै जारी गरेर पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थामा प्रतिकूल प्रभाव पार्ने पिडिओ नलिने, भारतीय आयल कर्पोरेशन (आइओस)मा इन्धन लिन नजाने, डिपोमा इन्धन लिएर नआउने र बिक्री वितरणमा असहयोग गर्ने ट्याङ्कर तथा चालकलाई कडा कारवाही गरिने उल्लेख गरेको छ ।

केही समयअघि निगमको ढुवानी सम्झौतामा रहेका ट्याङ्कर चालकले उठाएका तलब, भत्ता, सञ्चयकोष, ट्रिप भत्ता लगायत माग केही पूरा गरेको र केही पूरा गर्नेक्रममा रहेको निगमको भनाई छ । सवारी साधानका चालकसँगै पेट्रोलियम ट्याङ्कर चालक पनि आन्दोलनमा उत्रिएपछि पेट्रोलियम पदार्थको अभाव सुरु भएको छ । यसका कारण पेट्राेल पम्पहरुमा लामाे लाइन लाग्न थालेकाे छ ।

मुलुकी अपराध संहितामा भएका केही प्रावधानको विरोध जनाउँदै यातायात मजदुरहरूले सेवा ठप्प पारेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।

यसैबीच चाडपर्वको मुखमा सर्वसाधारणको जीवन कष्टकर हुन थालेपछि सार्वजनिक यातायात ठप्प भएका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले यातायात व्यवसायीहरूसँग वार्ता गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्