धनकुटामा अरुण नदीमा महिला बेपत्ता,नदीको किनारमा सामान भेटियो

धनकुटामा अरुण नदीमा महिला बेपत्ता,नदीको किनारमा सामान भेटियो

धनकुटा असोज ५ । धनकुटामा अरुण नदीमा एक जना महिला बेपत्ता भएकी छन् । महलक्ष्मी नगरपालिका–५ रामबजारकी ६१ वर्षीया शुककुमारी राई अरुण नदीमा बेपत्ता भएकी हुन् ।

घरबाट बिहीबार बिहान निस्किएकी राईको घरपरिवारले खोजतलासी गर्दै जाँदा अरुण नदीस्थित आपँडाडामा बेलुका नदीको किनारमा टर्चलाइट र हरियो रंगको चप्पल, घडी, पैसा बोक्ने थैली भेएिकाले नदीमा डुबेर मृत्यु भएको हुन सक्ने आशं गरीएको धनकुटा प्रहरीले जनाएको छ ।

धनकुटा प्रहरी प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङका अनुसार घटनास्थलमा धनकुटा प्रहरी टोलीले र जिल्ला प्रहरी कार्यालय सुनसरीसँग समन्वय गरि नदीमा खोजतलास सुरु गरीएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्