खुर्सिद हत्यापछि सुनसान रह्यो भुटाहा, प्रदेश सरकार भन्छ, ‘हामी खुल्ला सिमाको मारमा छौ’

खुर्सिद हत्यापछि सुनसान रह्यो भुटाहा, प्रदेश सरकार भन्छ, ‘हामी खुल्ला सिमाको मारमा छौ’

विराटनगर, ५ असोज ।
सोमबार दिउँसोमा हत्या भएका सुनसरीको भुटाहाका बिद्यालय संचालक तथा प्रधानाध्यापक मौलाना खुर्सिद आलम अन्सारीको हत्याको बिषयमा अहिलेसम्म कसैले पनि चासो नदिएको स्थानीयले आरोप लगाएका छन् । खुर्सिदको शव अहिले पनि उनको बिद्यालय रैयान नेशनल स्कुलको मुल गेट अगाडीबाट उठाईएको छैन । स्थानीय संसद अन्सारीले बिहान केही नेताहरु आएको भएपनि छलफलको लागि दिउँसो आउने भनेर हिँडेको तर अहिलेसम्म कोही नगएको बताए । ‘बिहान केहीबेर बार्तामा म पनि बसेको थिएँ शव उठाउनु पर्छ भन्ने बिषयमा मात्र छलफल भएको हो त्यसपछि उठेको टोली अहिलेसम्म फर्किएको छैन , उनले भने ।
शुक्रवारको नमाजले सुनसान
हरेक शुक्रवार सुनसान हुने भुटाहामा आज पनि बिहानै देखि शुनसान छ । अझ दिउँसोको समयमा मुस्लिम समुदायका अधिकांश नमाज पढ्न जाने भएकोले मध्यान्ह साढे १२बजे पछि उनको शव भएको ठाउँमा १–२ जना बाहेक सबै नमाज पढ्न गएका थिए । नमाज पढेर फर्किनु भन्दा पहिला भएको छलफल पछि नमाज पढेर फर्किएपछि छलफल होला र निश्कर्ष निस्किएला भनेर पर्खिएको भएपनि कोही नआउँखा अन्यौल भएको उनले सुनाए । मध्यान्ह साढे १२ बजे देखि २ बजेसम्मको नमाज पछि खाना खाएका स्थानीय मुस्लिम समुदाय छलफलमा कोही नआएपछि शव नै बोकेर ईनरुवा जिल्ला सदरमुकाम जाने तयारीमा रहेको स्थानीयले बताएका छन् । तर दिउँसो ४ बजे पछि भने सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेती घटना स्थलमा पुगेका छन् । स्थानीय आन्दोलनरत मृतका आफन्त तथा मुस्लिम अगुवा र प्रजिअसँग वार्ता भई रहेको पुर्ब सांसद महफुज आलमले जानकारी दिए ।
प्रदेश सरकार भन्दा हामी खुल्ला सिमाको मारमा छौ
सुनसरीको भुटाहाका खुर्सिद आलमको हत्या हुनु खुल्ला सिमाबाट सिर्जिन समस्याको रुपमा रहेको प्रदेश सरकारका प्रवक्ता एवम आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बताएका छन् । घटनामा खुल्ला सिमाको सिमाको दुरुपयोग भएको उनको तर्क छ । घटनालाई निन्दनीय भनेका मन्त्री कार्कीले गम्भीर अपराधिक रुप भएको बताएका छन् ।
घटनाको बारेमा अनुसन्धान तहबाट काम शुरु भएको कार्कीले बताए । प्रहरी माथि नै गोली हानेर भाग्नुको पछिको कारण उनीहरु सिमामा हुने सुरक्षाको बारेमा छोटो समयमा कटिन्छ भन्ने मानशिकताबाट प्रेरित भएको पाईएको छ । मन्त्री कार्कीले सिमामा प्रहरीलाई गोली हानेर १ मिनेटमै सिमा पार हुन सक्ने अबस्थालाई हेर्दा प्रहरीले त्यसलाई अबरोध गर्न खोज्दा प्रहरी माथि नै गोली चलेको मन्त्रीले बताए ।

‘प्रहरीले सिमामा सुरक्षा दिन सकेन भन्ने कुरा हुँदैन, भन्त्री कार्कीले भने, भएको प्रहरीले प्रतिरोध गर्दा उसैलाई गोली हानिएको छ ।’ उनले दिन दहाडै ब्यक्तिको हत्या हुनुले स्थानीयमा अक्रोश देखिनु स्वभाबिक भएकोले पोष्ट मार्टमको प्रक्रियामा अघि बढेको उनले बताए । तर हत्याको बिषयमा प्रदेश सरकार गम्भीर भएकोले अनुसन्धान प्रक्रियामा भएकोले अनुसन्धान अधिकारीलाई सहयोग गर्न कार्कीले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्