खुर्सिदको हत्यापछि सुनसरीको भुटाहामा यसरी देखिए सुरक्षाकर्मी

खुर्सिदको हत्यापछि सुनसरीको भुटाहामा यसरी देखिए सुरक्षाकर्मी

 

विराटनगर, ५ असोज ।
सुनसरीको भुटाहामा स्थानीय मुस्लिम अगुवा मौलाना खुर्सिद आलम अन्सारीको हत्यापछि ब्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । बिहिवार दिउँसो खुर्सिद माथि गोली हानी हत्या गरिएपछि प्रहरीले सुरक्षा सतर्कता बढाएको हो । सो क्षेत्रमा प्रहरीले निगरानी मात्र बढाएको छैन स्थानीयले शव नउठाएपछि थप क्षती हुन नदिनको लागि प्रहरी परिचालन गरिएको सुनसरी प्रहरीले जनाएको छ । शुक्रवार दिउँसो सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेती पुगेका मृतकका आफन्त तथा स्थानीय मुस्लिम अगुवासँग वार्ता समेत गरेका छन् । भुटाहामा खुर्सिदको हत्या पछि भागेको आपराधिक समुहले घुस्कीमा पुगेर समेत प्रहरी जवान माथि गोली प्रहार गरेपछि स्थानीय त्रसित भएका छन् ।
स्थानीयले सुरक्षाको ग्यारेन्टी नभएको भन्दै सुरक्षाको प्रत्याभुती दिलाउन नसकेको, हत्यारालाई पक्राउ नगरेको लगाएतका मागहरु अघि सारेका छन् । स्थानीयले हत्या पछि टायर बालेर प्रदर्शन गरेका थिए । हिजै देखि आत्रोशित बनेको भुटाहामा अन्य कुनै घटना हुन नदिनको लागि ब्यपक सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालित भएको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । घटनाको बारमो अनुसन्धान भईरहेकोले अहिले नै घटनाको अबस्थाको बारेमा केही भनन नसकिने प्रदेश प्रहरी कार्यालय बिराटनगरका डिआईजी केदार रिजालले बताए । उनले भने, ‘घटनाको बारेमा बिभिन्न कोणहरुबाट अनुसन्धान भईरहेकोले अहिले नै केही भनिहाल्न सक्ने अबस्था छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्