पेट्रोलियम अभावमा मातृकाको एक्सन– ट्याङ्करको साँचो खोसियो, तेल ढुवानी गर्दै सेनाका चालक

<span class='c1'>पेट्रोलियम अभावमा मातृकाको एक्सन– ट्याङ्करको साँचो</span> <span class='c2'>खोसियो, तेल ढुवानी गर्दै सेनाका चालक</span>

काठमाडौं, ५ असाेज ।  पेट्रोलियम पदार्थ ढुवानीमा अवरोध गरिरहेका ट्याङ्कर चालकविरुद्ध सरकार कडा रूपमा प्रस्तुत भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले फौजदारी संहितामा असहमति जनाउँदै ढुवानी ठप्प पारेका ट्याङ्करको साँचो थुतेर चलाउन थालेको हो । गत बुधवारदेखि पेट्रोलियम पदार्थको ढुवानी रोकर आन्दोलनमा उत्रेका चालकहरूसँग मन्त्रालयले पटक-पटक वार्ता गरेको थियो । सहमति नजुटेपछि चालकहरूले ढुवानी सुचारु गरेनन् ।सरकारले दिएको चेतावनी समेत अटेरी गरेपछि शुक्रवार बिहानदेखि मन्त्रालयले चाबी थुत्न शुरू गरेको आपूर्तिमन्त्री मातृका यादवका स्वकीय सचिव सन्तोष विष्टले जानकारी दिए । विष्टका अनुसार मन्त्रालयले अमलेखगञ्ज र भैरहवामा गरी ३० वटाभन्दा बढी ट्याङ्कर नियन्त्रणमा लिई चलाउन शुरू गरिसकेको छ । नेपाल प्रहरी र नेपाल आर्मीमा तालिमप्राप्त चालकहरूलाई लिएर मन्त्रालयले पेट्रोलियम पदार्थ ढुवानी गर्न शुरू गरेको छ । अहिले करीब साढे १८ सय ट्याङ्करहरूले पेट्रोलियम पदार्थ ढुवानी गरिरहेको छन् । यसमध्ये केहीले मात्रै शुक्रवार बिहानदेखि ढुवानी सुचारु गरेका छन् । (साभार :लाेेकान्तर डटकम)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्