ईन्धन हुँदा हुँदै किन बितरण भएनन् पम्पका ईन्धन ? विराटनगरका बन्द पेट्रोलपम्प खुल्ने थाले

ईन्धन हुँदा हुँदै किन बितरण भएनन् पम्पका ईन्धन ?  विराटनगरका बन्द पेट्रोलपम्प खुल्ने थाले

प्रेम देवान । ओवी
विराटनगर, ५ असोज । मुलुकी संहिताको कतिपय प्रावधानले अन्यायमा परेको भन्दै ट्याकंर चालकहरुले असोज २ गतेदेखि ट्याङकर थन्काएर बसे । विगत ४ दिनदेखि लगातार ट्याङकर थान्काएर आन्दोलित भएपछि भारतबाट आउने पेट्रोलियम पदार्थको आयातमा प्रभावित भयो ।
विराटनगरका आम संर्वासाधारणले चाहेको बेला पेट्रोल पाएनन् , निक्कै सास्ती ब्यहोर्नु पर्यो । कतिपय स्थानमा पोट्रोलियम पद्धार्थको कालो बजारी समेत भयो । कालो बजारीमा पम्प संचालकहरु देखिए । पम्पमा ईन्धन हुँदाहुँदैपनि पम्प संचालकले बितरण गरेनन् । विराटनगरका पेट्रोल पम्पवालाहरुले डिजेल बेचे तर पेट्रोल बेचेनन् । करिब ३ दिनसम्म विराटनगरका सबै पेट्रोल पम्प बन्द नै थिए ।
तर शुक्रबारबाट भने पेट्रोलियम पर्दाथको दुवानीमो केही सहज भएको छ । नेपाल आयल निगम एक नम्बर प्रदेश कार्यलय विराटनगरबाट पूर्वका विभिन्न पेट्रोल पप्पमा पेट्रोल वितरण थालेपछि सहज हुन थालेको हो । एक नम्बर प्रदेश आयल निगम कार्यलय विराटनगका प्रमुख दिनेश यादवले पेट्रोल पप्पहरुमा ईन्धन पठाउन शुरु गरिसकिएको बताए ।
दैनिकी आम उपभोक्तासंग सरोकार राख्ने वस्तुलाई सहज बनाउन भनेर हिजैदेखि पूर्वाअञ्चल ढुवानी व्यावसायीसँग बार्ता छलफल गरी आज विहान ११ बजे सहमती भएपनि अझै नियमित रुपमा ईन्धन ढुवानी हुन सकेको छैन । ‘अहिले सहज तरिकाले हामीले विराटनगर लगायत पूर्वका विभिन्न पप्पहरुमा पट्रोल पठाउन थालिसक्यौ, उनले भने । आज मात्रै ४ सय केएल पेट्रोल र ६ सय केएल डिजेल पठाएइको छ । बेलुकीसम्म सबै पेट्रोल पप्पमा पेट्रोल गईसकेको छ । आईतबार या सोमबार पछि ईन्धन सहज हुन यादवको भनाई छ ।
काठमाडौ पेट्रोल पठाउने तयारी
पूर्वाअञ्चलमा पेट्रोल आयात रोकिएसँगै काठमाडौंसहित देशका विभिन्न क्षेत्रका पम्पहरुमा उपभोक्तालालई असर पर्न थालेको छ । इन्धनको हाहाकार मच्चिन थालेपछि काठमाडौ लगायत अन्य स्थानहरुमा ईन्धनको कालो बजारी हुन थालेको छ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नियमित आपूर्तिमा असहजता आएको भन्दै कोटा तय गरीसकेको छ । सर्वसाधारणलाई पेट्रोलियम पदार्थका बिक्री गर्दा मोटरसाईकल, स्कुटरलाई ५ लिटर मात्र दिन निर्देशन दिएको यादवले बताए ।
त्यसैगरी अन्य हल्का सवारी साधन कार, भ्यान आदीलाई बढीमा १५ लिटर पेट्रोल, डिजेलबाट संचालन हुने छोटो दुरीका सवारी साधनलाई बढीमा ५० र लामो दूरीका सवारी साधनलाई बढीमा सय लिटरसम्म उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।
काठमाडौमा ईन्धनको अभाव र कालोबजारी नहोस भनेर १ लाख ६० हजार लिटर ईन्धन पठाउने तयारी गरेको छ । पूर्वाअञ्चल पेट्रोलियम डिलर्स एसोसियशनका बरिष्ठ उपाध्यक्ष अरविन्द शर्माले भने ‘हामीसँग एक हप्ताका लागी अझै स्टकमा ईन्धन प्रयाप्त रहेको छ ।’
विराटनगर भनेको पेट्रोलको मुहान हो कहिल्यै अभाव हुदैन, यसअघिको नाका बन्दीमा त हामीले काठमाडौलाई ईन्धनको अभाव हुन दिएनौ त्यसैले काठमान्डौकालागि ८० वटा ट्याङकरमा १ लाख ६० हजार लिटर पेट्रोल पठाउने तयारीमा छौ ।
मुलुकी अपराध संहितामा भएका केही प्रावधानको विरोध जनाउँदै यातायात मजदुरहरूले सेवा ठप्प पारेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका मुलुकी अपराध संहितामा भएका केही नयाँ प्रावधानको विरोधमा यातायात मजदूर एवं व्यवसायी आन्दोलनमा उत्रिए पछि बजारमा पेट्रोलको अभाव हुदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्