स्वस्थ रहन कति खाने नुन?

<span class='c1'>स्वस्थ रहन कति</span> <span class='c2'>खाने नुन?</span>

काठमाडाैँ, ५ असाेज । ‘काँचो नुन खानु हुँदैन, नुन बढी खानु हुँदैन, नुनले मिर्गौला बिगार्छ ।’ नुनका विषयमा अक्सर यस्तै टिप्पणी सुनिन्छ । त्यसो भए कति खाने त नुन? नुन प्रयोगबारे विज्ञहरू यो भन्छन्ः

मानिसलाई स्वस्थ राख्न नुनको ठूलो भूमिका हुन्छ । यसबाट शरीरलाई सोडियम र क्लोराइड तत्व प्राप्त हुन्छ । सोडियम नसा र मांशपेशी सञ्चालन तथा तन्दुरुस्त राख्न अति आवश्यक पर्छ । तर, उच्च रक्तचाप तथा ‘हाइपर टेन्सन’ बिरामीका लागि नुन बढी सेवन गर्नु हानिकारक हुन्छ । किनकि नुन बढी भएमा मिर्गौला, मुटु र रक्तचापसमन्धी रोग बढ्ने खतरा हुन्छ।

एउटा स्वस्थ व्यक्तिले  दैनिक सबै खानामा गरी १० ग्राम अर्थात् दुई चिया चम्चा नुनको प्रयोग गर्न सक्छन् । उच्च रक्तचाप, मधुमेह, मुटु, मिर्गौला, कलेजोको सिरोसिस भएका बिरामीहरूले भने दैनिक पाँच ग्राम अर्थात् एक चिया चम्चा मात्र सेवन गर्न सक्छन् । यस्ता बिरामीलाई नुनले झनै रोग बढाउने सम्भावना हुने भएकाले कागती पानी, प्रशोधित अचार, दालमोठ, बिस्कुट या लेजजस्ता खाने कुराहरू खान नहुने त्रिवि शिक्षण अस्पतालकी पोषणविद् नानी शोभा शाक्य बताउँछिन्।

चिकित्सका अनुसार नुनको प्रयोग बढी भएमा मिर्गौलामा पत्थरी हुने र रक्तचाप बढ्ने समस्या आउँछ । रक्तचाप वृद्धि भएकै कारण मुटुसम्बन्धी विभिन्न रोग लाग्ने चिकित्सक बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्