शनिवारिय विशेष : आरोहण गुरुकुल विराटनगरमा ‘एक चिहान’ नाटक मञ्चन गरिदै

शनिवारिय विशेष : आरोहण गुरुकुल विराटनगरमा ‘एक चिहान’ नाटक मञ्चन गरिदै

विराटनगर, ६असोज । हामी युवाको आयोजनामा आरोहण गुरुकुल विराटनगरमा नाटक एक चिहान मञ्चन गरिने भएको छ । आज शनिवारदेखि १६ गते सम्म १० दिन गुरुकुलमा नाटक एक चिहान मञ्चन गरिने भएको हो ।
स्व.उपन्यासकार हृदयचन्द्र सिंह प्रधानद्धारा लिखित चर्चित उपन्यास एक चिहानलाई नाट्य रुपान्तरण गरी मञ्चन गर्न लागिएको निर्देशक मुकेश कर्णले जानकारी दिए ।
एक चिहान उपन्यास कक्षा ११ र कक्षा १२ को पाठ्यक्रमको नेपाली बिषयमा पनि समाबेश छ । उपन्यासमा पहाडी गरिबी परिबेशमा रहेको नेवार परिवारले भोग्नु परेका समस्या र अप्ठेराहरुका बारेमा ब्याख्या गरिएको छ ।
मुकेश कर्णले निर्देशन गरेको नाटकमा देबेन्द्र यादव, सुरेश मण्डल, अस्मिना भट्ट कर्ण, उद्धव सापकोटा, राजेश ढकाल, राम राजबंशी, अनु श्रेष्ठ, समिक्षा कार्की, विकास पराजुली, प्रेम दाहाल, सुवास बिष्ट र भरत कार्कीले अभिनय गरेका छन् । नाटकको प्रकाश व्यवस्थापनमा सागर विश्वास र ध्वनीमा निर्मल शर्मा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्