पोस्टरमा यस्तो देखियो ‘छक्का पञ्जा –३’

पोस्टरमा यस्तो देखियो ‘छक्का पञ्जा –३’

काठमाडौं, ६ असाेज ।  सिनेमा ‘छक्का पञ्जा –३’ को पहिलो पोस्टर सार्वजनिक भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत सिनेमाको पोस्टर सार्वजनिक गरिएको हो ।  सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य कलाकारहरु दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, दीपिका प्रसाईँ, बुद्धि तामाङलाई फिचर गरिएको छ ।  पोस्टर सार्वजनिक गरेसँगै निर्देशक दीपाश्री निरौलाले सिनेमाको ट्रेलर सार्वजनिक गर्ने मिति पनि सार्वजनिक गरेकी छिन् । ‘छक्का पञ्जा –३’ को ट्रेलर आगामी शनिबार ८ बजेपछि सार्वजनिक हुनेछ । सार्वजनिक पोस्टरलाई टौवा क्रियसनले डिजाइन गरेको हो ।

दसैँको अवसर पारेर प्रदर्शनमा आउने यस सिनेमामा दीपकराज गिरी, दीपिका प्रसाईँ,  जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, निर शाह,  किरण केसी,  शिवहरि पौडेल, जयनन्द लामा, अनुराग क्वँर, शारदा गिरी, संजोग कोईराला, बसन्त भट्टलगायतका कलाकारको अभिनय रहेको छ । आमा सरस्वती मुभिज प्रालि तथा आईएमईको प्रस्तुति ‘छक्का पञ्जा –३’ का कार्यकारी निर्माता जितु नेपाल र केदारप्रसाद घिमिरे हुन् । सिनेमाका निर्माताका रुपमा  सुमन गिरी भान्जा,  किरण केसी,  शिवहरि पौडेल, पुरुषोत्तम प्रधान, तारा चन्द्र बजगाईँ, दीपेन्द्र खनिया र केशव न्यौपाने  छन् ।

अर्जुन पोखरेल र दीपक शर्माको संगीत रहने यस सिनेमामा कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी रहेको छ । सिनेमामा विजय बस्याल र सान थापा (टौवा क्रियशन)ले  पब्लिसिटी डिजाइनको काम सम्हालेका छन् भने सिनेमालाई  पुरुषोत्तम प्रधानले छायाकंन गरेका हुन् । अर्जुन पोखरेल र दीपक शर्माको संगीत रहने यस सिनेमामा कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी रहेको छ । सिनेमामा विजय बस्याल र सान थापा (टौवा क्रियशन)ले  पब्लिसिटी डिजाइनको काम सम्हालेका छन् भने सिनेमालाई  पुरुषोत्तम प्रधानले छायाकंन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्