गरिखानेका कुरा : विराटनगर आसपासका खोलामा माछिको जालसँगै रमेको जिन्दगी

गरिखानेका कुरा : विराटनगर आसपासका खोलामा माछिको जालसँगै रमेको जिन्दगी

विराटनगर, ६ असोज ।
जमेरा महतो मजदुर हुन । सडक निर्माणमा मजदुरी गर्छन । भदौ लागे पछि काम नपाउने बताउने महतोलाई भ्याइ–नभ्याइ छ । उनलाई मात्र होइन मोरङको कटहरी, जहदा र धनपालथान गउपालिको संगम स्थल राम चोक क्षेत्रमा बसोबास गर्ने धेरै मजदुरहरुको दिन एकै प्रकार छ । राम चोकको त्यो बस्तीको छेउ भएर बग्ने लोहन्द्रा खोलामा उनीहरुलाई माछा मार्न भ्याइ–नभ्या छ । मारेका माछा तुरुन्तै विक्रि हुने र आम्दानी पनि हुने भएपछि उनीहरुको दैनिकी अरुको भन्दा फरक छ ।
रंगेली–विराटनगरको सडक खण्डमा पर्ने लोहन्दा खोलाको पुल नजिकै  माछा मार्ने अनी जाला थाप्नेहरुको ठुलै समुह हुन्छ । उनीहरुको दैनिकी यसैगरी माछा मार्ने अनी त्यसबाट बेचेको थोरै रकमबाट घर परिवार चलाउने ।
त्यसरी मारेको माछा पुलको छेउमा फिजाएर बस्ने वित्तिकै विक्ने स्थानीय कैलाश महतोले बताए । रङ्गेली–विराटनगर सडकमा ओहोर–दोहोर गर्नेले माछा किन्ने गरेका छन् ।
५० वर्षिय कैलाश आफु माछा मार्न जाँदैनन तर उनका छोरा माछा मार्न खप्पिस् छन् । भदौ र असोज महिनामा सडक निर्माणको काम नहुने भएकोले त्यसै बस्नु भन्दा माछा खान पनि पाइने र बेचेर दुई–चार पैसा कमाइ पनि हुने उनले बताए ।
खोलामा अहिले माछा बढी आउने भएकोले मार्ने मार्ने धेरै हुने गरेको उनीहरु सुनाउँछन् । अरुबेला सडकमा मजदुरी गर्ने भए पनि अहिले काम नहुदा माछा मार्ने गरेको भेटिन्छन् । दिन भरी हजार–बाह्रसय कमाई हुने उनीहरुको भनाईछ । (यज्ञ अधिकारी, ब्लास्ट दैनिक)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्