खुर्सिद हत्या काण्ड : मुस्लिम संघर्ष गठबन्धनले भन्यो–’खुर्सिद माथिकाे आतङ्कवादी आरोप गलत हो’

खुर्सिद हत्या काण्ड : मुस्लिम संघर्ष गठबन्धनले भन्यो–’खुर्सिद माथिकाे आतङ्कवादी आरोप गलत हो’

प्रेम देवान
विराटनगर, ६ असोज । राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धले गत असोज ४ गते सुनसरीको हरिनगर गांउपालिकामा अज्ञात समुहको गोली प्रहारबाट हत्या गरिएका खुर्सिद आलम गलत ब्यक्ति भनेर प्रचार हुनुले मुस्लीम समुदायको नै बद्नाम भएको बताएका छन् । यदी उनी गलत ब्यक्ति थिए भने किन कार्वाही गरिएन ? उनीहरुको प्रश्न छ । राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धले शनिबार विराटनगरमा पत्रकार सम्मेलनकोमा उनीहरुले बिभिन्न संगठनको नाम लगाएर भएको प्रचारको बारेमा उनीहरुलेकुनै जानकारी नभएको र प्रशासनबाट पनि कुनै सुचना र जानकारी मुस्लिम गठबन्धनसम्म नआईपुगेको बताएका हुन । सबै यथेष्ट ठोस प्रमाण पत्ता लगाए हामी पनि सहयोग गर्छौ उनीहरुको भनाई छ ।
विभिन्न मिडियाहरुले खुर्शिद आमल आतङकबादी र दोहोरो नागरिकता बनाउनमा संलग्न भएको अफाहामा फैलालिईएको हल्ला सरासर गलत भएको राष्ट्रिय मुस्लिम संघर्ष समितिका संयोजक समिम मियाँ अन्सारीले बताए । ‘यदि गलत व्यक्ति भएका भए त्यो बेला नै राज्यले किन कारबाही गर्न सकने ? उनले प्रश्न तेस्याए ।’ मरेर गईसकेको एउटा निर्दोष व्याक्तिलाई विभिन्न आरोप लगाएको प्रति अन्सारीले खेद प्रकट गरे । नेपाल सरकारले छुटै छानविन संयन्त्र बनाएर खुर्सिद आलम दोषी हो या हैन त्यो पनि चाडो भन्दा चाडो पत्ता लगाउन अन्सारीले पत्रकार सम्मेलनमा माग गरे ।
यसैगरी मृतकका भाई तथा राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धका सुनसरी सचिव जावेद अन्सारीले घटनाको बिषयमा सत्यतथ्य छानबीन गरी हत्यारालाई एथासिघ्र कार्वाही गर्न माग गरे । उनले खुर्सिद आलमलाई दोषीको रुपमा प्रचार गरिएकोमा आपत्ती जनाउँदै घटनाको सत्यतथ्य पत्ता लगाउने माग गरे । 
नेकपाका केन्द्रीय सदस्य महफुज आलमले साम्प्रदायिक सदभाव खलल पार्ने उद्धेश्यले घटना गराइएको हुनसक्ने आशंका ब्यक्त गरे । मृतक आलम समान्य नागरिक रहेपनि एकहोरो रुपमा गलत प्रचारबाजी गरिएको भन्दै प्रचारबाजीले वास्तविक घटना ओझेलमा पर्नसक्ने भन्दै आपत्ती जनाए ।
पत्रकार सम्मेलनका सहभागि अन्य वक्ताहरुले मुस्लिम समुदायको मनोबल घटाउने उद्धेश्यले बारम्बार एउटै प्रकृतिको घटना नियोजित डिजाईनमा हुने गरेको दाबी समेत गरेका छन् । गठबन्धनका केन्द्रीय महासचिव मोहम्मद जाकिर हुसेनले यसअघिका हत्या प्रकरणहरुमा पनि बनेको छानविन समितिले दिएका प्रतिवेदन सार्वजनिक नगर्ने गरिएको बताउदै आलम हत्या प्रकरणको सम्पुर्ण विवरण सार्वजनिक गर्न माग गरे । मृतक आलमलाई राज्यले सहिद घोषण गरेको प्रति स्वागत योग्य रहेको राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धको निश्कर्ष छ ।

https://youtu.be/k5WXhnEiwYI

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्