विराटनगरको कञ्चनवारीमा बिहानै स्कुल बस र टिपर चालक बिच कुटाकुट भएपछ‍‍‍ि….

विराटनगरको कञ्चनवारीमा बिहानै स्कुल बस  र टिपर चालक बिच कुटाकुट भएपछ‍‍‍ि….

 

विराटनगर, ७ असोज ।
आईतवार बिहान करिब ६ बज्नै लाग्दा मोरङको टंकी सिनवारी नजिकैबाट एक आपसमा दुईवटा गाडी हुँकिँदै आउँदै थिए । एउटा स्कुल बस अर्को टिपर । यी दुबैले एकले अर्कोकोलाई कसरी हुन्छ उछिन्ने नै रणनिती बनाएको देखिन्थ्यो । तिब्र गतीमा आएका दुबै सवारीहरु को भन्दा को कम भन्दै एकले अर्कोलाई उछिल्ने अनी फेरी अर्कोले अर्कोलाई उछिन्ने हुँदै आउँदै गर्दा कन्चनवारीको एबी पेट्रोलपम्प नजिकैे टिपरले स्कुल बसलाई ठक्कर दियो । अनी त्यही को १ ख ५३०० नम्बरको टिपर चालकले को १ क २७१० नम्बरको नम्बरको स्कुल बसलाई रोक्यो गाडीबाट ओर्लिएर बसका चालकलाई मुक्काले मुखमा हान्यो ।
यसरी हानेपछि बिद्यार्थीहरु छक्क परे । अनी ति स्कुल बसका चालक बसबाट झरे र गाडीमा भएको रड निकाले  ती टिपर चालकलाई हातमा हानेपछि एकाएक स्थिती असामान्य बन्यो । अनी ति बसका चालकले टिपरको सिसा फुटाई दिएपछि घटना थप उग्र बनेको थियो । त्यहाँका केही रमितेहरुले घटनालाई थप मलजल गरेर उकास्ने र लडाउने खालको भुमिका खेलेको पनि देखियो । टिपरका चालकको दाहिने हातमा चोट लागेको प्रहरीले जनाएको छ भने बसका चालकको मुखमा गम्भीर चोट लागेको छ ।
आक्रमक रुपमा मनपरी टिपर चलाउने, दायाँबायाँका कुनै सवारीलाई साईड नदिने टिपर चालकको प्रबृतीका कारण घटनाहरु बढ्दै जान थालेको छ । आज बिहान भएको घटनाले मात्र पनि के देखाउँछ भने चालकहरुको अराजकताको कारण आफै अप्ठेरोमा परेको देखिएको छ । एकले अर्कोको अस्तित्व स्वीकार गर्न नसक्नुले दुबैले क्षती ब्यहोरेका छन् ।
विराटनगरमा स्कुल बस र टिपरले गर्दा सामान्य ब्यक्तिहरुले प्रसस्तै दुःख पाउँदै आएका छन् । बुढीगंगा गाउँपालिका नेमुवामा रहेको स्मृती बोर्डिङ स्कुलको गाडीमा विराटनगरमा रहेको कान्तिपुर कलेजका बिद्यार्थी लिएर आएको बसलाई लक्षित गरी टिपरले ठक्कर दिएको थियो । बिराटनगरका स्कुल बसहरुले अत्याधिक गतिमा चलाउने गरेको पाईएको छ । पछिल्ला केही दिनमा स्कुल बस तथा टिपरको ठक्करबाट धेरै घाईते भएका छन् भने कतिपयले ज्यानै गुमाएका छन् । यस्ता घटना न्युनिकरणको लागि टिपरका चालक र स्कुल बसका चालकलाई राखेर सचेतना दिन जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट पनि कन्जुस्याई भएको स्थानीय बताउँछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्