सार्वजनिक यातायातको भाडा फेरि बढाउने तयारी

<span class='c1'>सार्वजनिक यातायातको भाडा</span> <span class='c2'>फेरि बढाउने तयारी</span>

काठमाडौं, ७ असाेज ।  सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाउने तयारी थालेको छ । भाडा बढाउन नपाए दशैका लागि अग्रिम टिकट बुकिङ नखोल्ने घुर्कि लगाएका यातायात ब्यवसायीलाई १० प्रतिशत भाडा बढाउन सहमति दिएको सरकारले वैज्ञानिक भाडादरका नाममा छठपर्व लगत्तै फेरि भाडा बढाउने तयारी गरको हो ।

यसका लागि हिजै ३ सदस्यीय समिति गठन गरिएको छ । समितिले २ महिनामा नयाँ भाडादर सिफारिस गर्नेछ । हिजो बढेको भाडा इन्धनमा भएको मूल्यवृद्धिका आधारमा मात्र निर्धारण गरिएकाले वैज्ञानिक भाडादर निर्धारण गर्न समिति गठन गरिएको सरकार र यातायात व्यवसायीको दाबी छ । उनीहरुका अनुसार इन्धनसंगै, लुब्रिकेण्ट्समा बढेको भाउ, गाडीमा बढेको कर लगायत जोडेर नयाँ भाडादर निर्धारण गरिनेछ ।

सिण्डिकेट हटाएको र सवै यातायात समिति खारेज गरेको दावी गर्ने सरकारले यातायात ब्यवसायी राष्ट्रिय महासंघसंग वार्ता गरि भाडा बढाउने सहमति दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्