बिराटनगरको मेरिल्याण्ड कलेजका १० बिद्यार्थी थाइल्याण्ड शैक्षिक भ्रमण सकेर फिर्ता 

बिराटनगरको मेरिल्याण्ड कलेजका १० बिद्यार्थी थाइल्याण्ड शैक्षिक भ्रमण सकेर फिर्ता 

बिराटनगर,असोज ७,

पुर्व मै पहिलोपटक बेलायतको विश्वबिद्यालयसंग सहकार्य गरि संचालनमा आएको बिराटनगरको मेरिल्याण्ड कलेजका बिद्यार्थीले बैदेशिक शैक्षिक भ्रमणको अनुभव लिएर फर्केका छन् ।

बेलायतको वाल्भरह्याम्टन विश्वबिद्यालयको बिबिएम कोर्ष पढिरहेका १० जना बिद्यार्थी थाइल्याण्ड एक हप्ताका लागि युनिभर्सिटी अफ थाई च्याम्बर अफ कमर्सको सहकार्यमा थाइल्याण्ड गएका थिए।  ।

इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित ५ वटा कलेजहरुबाट कुल १ सय बिद्यार्थी उक्त शैक्षिक भ्रमणमा गएका थिए ।

बिद्यार्थीको अनुभव यस्तो छ : 

युनिभर्सिटी अफ थाई च्याम्बर अफ कमर्सको सहकार्यमा भएको शैक्षिक भ्रमणबाट धेरै अनुभव प्राप्त गर्न सकेको कलेजमा तेस्रो बर्षमा अध्ययनरत बिद्यार्थी इन्साफ पोखरेलले बताए । भ्रमणले सबै बिद्यार्थीमा बिषयगत ज्ञानका साथै अन्तरास्ट्रिय ब्यापार, काम गर्ने शैली , उद्यमशीलता लगायतका धेरै बिषयमा लिएको अनुभवले पढाइ साथै आफ्नो करियरमा ठुलो महत्व राख्ने अर्का बिद्यार्थी सुमन मगर बताउछन ।

बिद्यार्थीलाई किताबी ज्ञानका साथै अन्तरास्ट्रिय शैक्षिक अनुभवले क्षमतावान बनाउने बिश्वास कलेजले लिएको कलेजका बिजनेस डेभलपमेन्ट म्यानेजर बिबेक दाहाल बताउछन ।

इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित यस कलेजमा बेलायतको बिजनेस डिग्री (बिबिएम) सर्वशुलभ शुल्कमा अन्तरास्ट्रियस्तरमा नै पढाइ हुदै आएको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा इस्लिंग्टन कलेज काठमाडौं , हेराल्ड कलेज काठमाडौं . मेरिल्याण्ड कलेज बिराटनगर , इटहरी इन्टरनेसनल कलेज र इन्फोम्याटिक्स कलेज पोखरा संचालनमा रहेका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्