बिराटनगरमा एउटा शव भेटियो ,अनुसन्धान हुदै 

बिराटनगरमा एउटा शव भेटियो ,अनुसन्धान हुदै 

बिराटनगर असोज ७ , बिराटनगरमा एउटा शव भेटिएको छ । बिराटनगर १६ र १७ वाडको बिचमा बुधनगर जाने सडक छेउको छाला उद्योगको नजिक होम पाइपको मुनि एउटा शव फेला परेको छ।

शवको पहिचान हुन नसकेको साथै शव गनाइरहेको र डोजर प्रयोग गरेर शव होम पाइपबाट निकाल्ने प्रयास जारीरहेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । थप बिवरण आउन बाकि !

शव निकालियो :

उक्त शवलाई जसीबी प्रयोग गरेर बाहिर निकालिएको छ । शव कुहिएको अबस्थामा भेटिएको छ । अझै पनि शव कसको हो भन्ने पहिचान हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्