सुनसरीको ईटहरीबाट लागूऔषध सहित ५ पक्राउ

सुनसरीको ईटहरीबाट लागूऔषध सहित ५ पक्राउ

सुनसरी, ७ असाेज । सुनसरीको ईटहरी उप-महानगरपालिका-४ स्थित आर्मी क्याम्प नजिक लागूऔषध सहित ५ जनालाई पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको टोलीले लागूऔषध सहित धनकुटा शहिदभुमी-५ खोकु बस्ने बर्ष २० को सन्तप राई, बर्ष २० को अविशेष राई, बर्ष २५ को मौषम राई, धरान १३ बस्ने बर्ष २१ को अजय राई र बर्ष २१ को प्रविण राईलाई पक्राउ गरेको हो । सडकमा हिडिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट लागूऔषध गाँजा र डाईजेपाम फेला परेपछी नियन्त्रणमा लिएको हो । उनीहरुलाई ईलाका प्रहरी कार्यालय ईटहरीमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्