मोरङमा श्रृङ्खलावद्व अापराध : विराटनगर १८ मा शव टाउको छिनेको कंकाल अबस्थामा भेटियो

मोरङमा श्रृङ्खलावद्व अापराध : विराटनगर १८ मा शव टाउको छिनेको कंकाल अबस्थामा भेटियो

प्रेम देवान ।
विराटनगर ७ असोज । विराटनगर १८ बुधनगर जाने बाटो नजिकै खेतबारीको होमपाईपमा भेटिएको शव शंकास्पद भएको पाईएको छ । आईतबार विहान १० तिर होमपाईप भित्र भेटिएको शवको टाउको कंकाल र शरिर कुहिएको अवस्थमा फेला परेको हो । जिल्ला प्रहरी कार्यलय मोरङ र ईलाका प्रहरी कार्यलय रानीबाट खटिएको प्रहरी टोलीले करिब १ घन्टा पछि जेसीवीको प्रयोग गरी होमपाईप भित्र रहेको शव निकालेका थियो । शवको प्रकृति हेर्दा अन्दाजी २५ – ३० बर्ष उमेरको पुरुषको शव भएको प्रहरीले जनाएको छ । यसरी भेटेएको शवको टाउको पुरै किरा लागेर कंकाल अबस्थामा फेला परेको छ । शरिरपनि किरा पर्न थालेको अबस्थामा भेटिएको प्रहरीले जनाएको हो । शवलाई अहिले पोष्टमार्टको लागी कोशी अञ्चल अस्पतालको शव गृहमा राखिएको छ । घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी प्रवक्ता डिएसपी निशान थापाले जानकारी दिए ।
यस अघि विराटनगर १४ जतुवामा एक युवतीको शंकास्पद नाङ्गो शव शव फेला परेको थियो । हत्या गरी फालिएको अबस्थामा फेला परेको शवको अझै पनि पहिचान भएको छैन । यी शव भेटिएको पुरुषको बारेमा पनि प्रहरीले केही बोलेको छैन । एक पछि अर्को शव फालिएको अबस्थामा भेटिँदै जानु अनू प्रहरीले ति हत्या भएर फालिएका ब्यक्तिहरुको पहिचान हुन नसक्नुले घटना थप रहस्यमय बन्दै जान थालेको छ । यस अघि भेटिएको युवतीको शव र यी पुरुषको भेटिएको शवको दुरी केही तल माथि र एकै क्षेत्रमा रहेको पाईएको छ । प्रहरीले घटनाको बारेमा अनुसन्धान भईरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्