विराटनगरको आयल निगमको डिस्पेन्सर प्रयाेग नै नगरी बिग्रियो

विराटनगरको आयल निगमको डिस्पेन्सर प्रयाेग नै नगरी  बिग्रियो

विराटनगर, ७ असोज ।
बन्द हडतालको समयमा पेट्रोलियम पदार्थको वितरणको अभाव हटाउन नेपाल आयल निगमले विराटनगर पठाएको डिस्पेन्सर बिग्रिएर थन्किएको छ । करिब ९ हजार लिटर क्षमताको सो डिस्पेन्सर प्रयोग गर्न सकिएको भए विभिन्न नाममा हुने हड्तालका कारण हुने पेट्रोलियम पदार्थको अभावको समस्या केही दिनको लागि समाधान गर्न सकिन्छ । तर सो डिस्पेन्सर आएदेखि एक पटक पनि प्रयोग नै नभई बिग्रिएको पेट्रोलियम व्यवसायी बताउँछन् ।
नेपाल आयल निगम प्रादेशिक डिपो विराटनगरका प्रमुख दिनेश यादवले डिस्पेन्सरको प्रयोगले मात्र तेलको वितरण समस्या हटाउन नसकिने बताए । डिस्पेन्सरको प्रयोग नै अभाव भएका बेला पेट्रोल पम्पले जसरी तेल वितरण गर्ने हो ।
यसलाई प्रहरीको सुरक्षा घेरामा राखेर करिब १ हजार ग्राहकलाई तेल वितरण गर्न सकिन्छ । तर प्रत्येक बन्द र हडतालको बेला डिस्पेन्सर भने प्रयोग नै गरिएको पाईदैन । किनेर ल्याएदेखि थन्क्याईएको डिस्पेन्सर प्रयोग नै नभई बिग्रिएको हो । (न्युन २४)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्