धरानमा बालिका बलात्कारको आरोपमा एक ब्यक्ति पक्राउ

धरानमा बालिका बलात्कारको आरोपमा एक ब्यक्ति पक्राउ

विराटनगर,७ असोज । सुनसरीको धरान उप–महानगरपालिका ११ स्थित सगरमाथा टोलमा बालिकालाई जवजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । भोजपुर घोडेटार–७ रानीवास घर भई हाल धरान ११ बस्ने बर्ष ३० को दुर्गा बहादुर बि.क.लाई ईलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ । बि.क. ले सोही स्थान बस्ने १२ बर्षीया १ बालिकालाई ललाई फकाई सोही स्थानमा रहेको शेर्पा संघको कम्पाउण्ड भित्र लगेर जबरजस्ती करणी गरेको भनि पिडीतका बाबुले दिएको जाहेरीको आधारमा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय धरानलाई उदृत गर्दै प्रदेश प्रहरी बार्यलय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्