जेसीबीको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

जेसीबीको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

झापा, ७ असाेज । झापाको कन्काई नगरपालिका-३ स्थित पूर्व पश्चिम राजमार्गमा जेसिबीकाे ठक्करबाट आईतबार बिहान १ जनाको मृत्यु भएको छ । बिहान पौने १० बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे ६ प ६६६४ नम्बरको मोटरसाईकललाई सोही दिशा तर्फ जाँदै गरेको ना १ क ३७२९ नम्बरको जेसिबीले पछाडीबाट ठक्कर दिएको थियो । ठक्करबाट गम्भिर घाईते मोटरसाईकल चालक इलाम नगरपालिका-८ बस्ने वर्ष ४० को जित बहादुर कोइरालाको बिर्तामोड स्थित बि.एण्ड.सी. अस्पतलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ठक्कर दिने जेसिबीलाई ईलाका प्रहरी कार्यालय सुरुङगाको नियन्त्रणमा राखिएको छ भने चालकलाई ईलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्