विराटनगरको डिग्री क्याम्पसमा प्राध्यापकले नै लगाए ताला, दुई सातादेखि क्याम्पस प्रमुख बाहिरै

विराटनगरको डिग्री क्याम्पसमा प्राध्यापकले नै लगाए ताला, दुई सातादेखि क्याम्पस प्रमुख बाहिरै

विराटनगर, ७ असोज । विराटनगर १४ मा रहेको स्नातकोत्तर (डिग्री ) क्याम्पसको क्याम्पस प्रमुखको नियुक्तीको बिषय लिएर प्रमुखको कार्यकक्षमा २ सातादेखीको तालाबन्दीले पठन पाठनसँगै प्रशासनिक काम प्रभाबित भएको छ । नियम विपरित अन्य क्याम्पसका प्राध्यापकलाई क्याम्पस प्रमुख नियुक्त गरिएको भन्दै प्राध्यापक सम्बद्ध संघसंगठनले क्याम्पस प्रमुखको कार्यकक्षमा अनिश्चितकालिन तालाबन्दी गरेका हुन् ।
त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा रहेको स्नात्तकोत्तर क्याम्पसको क्याम्पस प्रमुखको कोठामा प्राध्यापक सम्बद्ध संघसंस्थाका पदाधिकारीहरुले तालाबन्दी गरेको हुन । महेन्द्र मोरङ क्याम्पसमा अध्यापनरत प्राध्यापक महेश खत्रीलाई नियम विपरित त्रिवीले क्याम्पस प्रमुखमा नियुक्ती गरेको बिरोधमा तालाबन्दी गरिएको त्रिवि प्राध्यापक संघ स्नातकोत्तर क्याम्पस इकाइका सचिव डा. रमेश कुमार श्रेष्ठले जानकारी दिए ।
बरिष्ठताको आधारमा क्याम्पस भित्रकै प्राध्यापकहरु मध्येबाट क्याम्पस प्रमुख नियुक्ती गर्नुपर्ने नियम रहेपनि राजनीति भागबण्डाका कारण अन्य क्याम्पसका प्राध्यापकलाई क्याम्पस प्रमुख नियुक्त गरेको बन्दै तालाबन्दी गरिएको श्रेष्ठ बताए ।
चरम राजनीतिले क्याम्पसको पठनपाठन प्रभावित हुनुका कारण पछिल्लो समय विद्यार्थीको संख्यापनि घट्दै गएको छ । २०६४ सालमा क्याम्पसमा २ हजार विद्यार्थी अध्यनरत रहेकोमा हाल २ सय विद्यार्थीहरु पनि पुग नपुग छन् । क्याम्पसमा ६५ जना प्राध्यापकहरु कार्यरत रहेका छन । कार्यकक्षमैं तालाबन्दी गरिएपछि भदौ २६ गते त्रिविबाट नियुक्ती लिएर २७ गते पदभार ग्रहण गर्न आइपुग्नुभएका नवनियुक्त क्याम्पस प्रमुख महेश खत्री भने कार्यकक्ष बाहिरै बसेर कार्यसम्पादन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्