धनकुटाको साँघुरीगढीमा खोलामै खेलमैदान निर्माण

<span class='c1'>धनकुटाको साँघुरीगढीमा खोलामै</span> <span class='c2'>खेलमैदान निर्माण</span>

धनकुटा, असोज ८ । धनकुटाको साँघुरीगढी गाउँपालिकाले स्थानको अभाव देखाउँदै खोलामै खेलमैदान निर्माण गरेको छ ।

गाउँपालिकाले वडा नम्बर ४ को फेदीस्थित लेउती खोलामा खेल मैदान निर्माण सुरु गरेको हो । गत आर्थिक वर्ष गाउँपालिकाले करिब तीन लाख रुपैयाँ छुट्याएर बगर सम्याउने काम गरेको छ ।

मैदानमा गिटी नै गिटी भएका कारण खेल्न सक्ने अवस्था भने छैन । वर्षामा आउने बाढीले जुनसुकै बेला पनि धार परिवर्तन गरी मैदानबाटै बग्न सक्ने अवस्था रहे पनि गाउँपालिकाले त्यसको परवाह नै नगरी मैदान निर्माण गरेको हो ।

सुरक्षित स्थानमा मैदान निर्माण गर्न स्थान अभाव भएकाले सोही स्थानमा खेलमैदान निर्माण गरिएको वडाध्यक्ष खड्ग लिम्बुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्