स्याङ्जा असोज ८ । स्याङ्जामा एक प्रहरी जवानले आफैले गोली हानेर आत्महत्या गरेका छन् । जिल्ला कारागार स्याङ्जामा कार्यरत प्रहरी जवान जितेन्द्र थापा मगरले आइतबार साँझको आफैले गोली हानेर आत्महत्या गरेका हुन्।
पुतलीबजार नगरपालिका–१ मा रहेको कारागारमा साँझको ड्युटीमा खटिएका २४ वर्षीय थापाले आफैले आफैलाई गोली हानी आत्महत्या गरेको प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए।
आफैलाई गोली हानेपछि घाइते भएका थापालाई थप उपचारका लागि जिल्ला अस्पताल स्याङ्जा पुर्याएलगत्तै मृत घोषणा गरेको हो।
कागतको टुक्रामा ‘म गएँ, कसैलाई आरोप नलगाउनु’ भनी लेखेको सुसाइट नोटसमेत भेटिएको प्रहरीले जनाएको छ।
घटनाबारेमा अनुसन्धान सुरु गरिएको प्रहरी प्रमुख सापकोटाले जानकारी दिए।