भद्रपुर असोज ८ । झापामा तास खेलिरहेको अवस्थामा १२ जनालार्इ प्रहरीले नियन्त्रणमा लिएको छ । झापा मेचीनगर नगरपालिका १० का नारायण गुरुङ्को घरमा तास खेली रहेको अवस्थामा ७७ हजार ३ सय ८० रुपैयाँ नगदसहित १२ जना मानिसलाइ पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनिहरुको साथबाट नगद, १२ थान मोवाइल र तास ६ बुक समेत प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेका उनिहरुलार्र्इ सोमबार जिल्ला प्रशासन कार्यालयमा म्याद थप गरी नाम सार्वजानिक गरिने जिल्लाका डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।