प्रेम पारख
बिराटनगर असोज ८, यिनको नाम हो उपेन्द्र साह । बिराटनगरको घोगापुल चोकमा बस्ने उपेन्द्रले करिब २५ बर्ष देखी बिराटनगरमा चटपटे र पानीपुरी (पुच्का) को ठेला चलाउदै आएका छन् ।
कुनैपनि काम सानो या ठुलो नहुने उनको विचार राख्ने उनि यहि ठेलामा चटपटे र पुच्का बेच्दै आफ्नो जीवन चलाइरहेका छन् । उनि बिहानैदेखि तयारी गर्छन , घरमा उनका परिवारले पनि व्यवसायमा सघाउदै आएको उनि बताउछन ।
कुनै बेला दुई रुपैयाँमा पानीपुरी बेचेको दिन पनि उनलाई अझै सम्झनामा छ। "आज दस रुपैयाको तीन वटा पुच्का बेच्छु" उनि रमाउदै सुनाउछन । गरिबी र पारिवारिक समस्याले गर्दा पढ्न नसकेर उक्त ब्यापार सुरु गरेको उनि बताउछन ।
चटपटे र पानीपुरी (पुच्का) को ठेलाबाट नै उनि दिनको लगभग १५०० कमाउने गर्छन । "परिवार यसै व्यवसायले चलेको छ , मेहनत गरे सफल भइने रहेछ" उनि गर्वका साथ सुनाउछ्न ।
"गरिबीको कारण न कसै अगाडि हाथ फैलाए र न कहिलै फैलाउने छु, आफै गरी खाने छु" उनले अठोट लिएका छन् ।
#FaceOfBiratnagar