बिराटनगरमा तेस्रो पटक निकालिएको भीमसेन रथ यात्रा हेर्नुहोस ( फोटो फिचर सहित )

<span class='c1'>बिराटनगरमा तेस्रो पटक निकालिएको भीमसेन रथ यात्रा</span> <span class='c2'>हेर्नुहोस ( फोटो फिचर सहित )</span>

प्रेम देवान
बिराटनगर ८ असोज । काठमाडौ उपत्यकामा मनाइदै आएको भीमसेन जात्रा विराटनगरमा पनि धुमधामका साथ मनाइएको छ ।
भीम सेन रथ यात्रा मुल समारोह समिती विराटनगरले तयार पारेको भीमसेन रथ यात्रा सोमबार विराटनगरमा भव्याताका साथ निकालेको छ ।
बिराटनगर संसारीमाइस्थानमा रहेको भीमसेन मन्दिरबाट रथ बोकेर यात्रा सुरु गरिएको रथ यात्रा विराटनगरको ट्राफिक चोक , महेन्द्र चोक, मुनाल पथ हुदै डिएसपी कार्यलयबाट मेन रोड हुदै झी पुः ज विराटनगरमा पुगेर पुजा पाठ गरी विर्सजन गरेको थियो ।
अन्य बर्ष भन्दा यस पटक उत्साहजनक नेवारी भेषभुषामा सजिएर महिलाहरुको पनि सक्रिय सहभागिता रहेको भीमसेन रथ यात्रा मुल समारोह समितिका विराटनगरका संयोजक अमर बहादुर श्रेष्ठले जानकारी दिनुभयो । आगामी दिनमा पनि यसरी नै निरन्तरता दिने उहाले बताउनुभयो ।

 


तस्वीर ः शुशील साह आवर विराटनगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्