काठमाण्डौ असोज ९ । २०६६ मा निर्माण सुरु भएको दोभान तमोर नदी माथिको पुल १० वर्ष पछि सञ्चालनमा आएको छ । सोमबार देखि पुल सञ्चालनमा आएसँगै ताप्लेजुङ मेची र कोशी राजमार्गसँग जोडिएको छ ।
ठूला तथा साना सवारीसाधन पुलबाट गुड्न सुरु भएको उद्योग वाणिज्य संघ दोभान शाखाका अध्यक्षले जानकारी दिएका छन् ।
पुल बनेसँगै तारेर मेरिङदेन, आठराई त्रिबेणी, मैवाखोला गाउँपालिकाका केन्द्रसम्म गाडी पुऱ्याइएको छ । पुलको निर्माण सम्झौता २०६६ साल मंसिर ८ गते भएको थियो । सडक डिभिजन कार्यालय इलामले गरेको टेण्डरमा कन्काइ, मैनाचुली र याक्थुङहाङ जेभी कम्पनीले टेण्डर पारेका थिए