झापामा चार बर्षिया बालिका बलात्कृत , २१ वर्षीय युवकलाई पक्राउ

<span class='c1'>झापामा चार बर्षिया बालिका बलात्कृत</span> <span class='c2'>, २१ वर्षीय युवकलाई पक्राउ</span>

दमक असोज ९ । झापामा चार बर्षिया बालिका बलात्कृत भएकी छन् । चार वर्षीया नाबालिकालाई बलात्कार गरेको उजुरीको आधारमा हल्दिबारी १३ जलथलका २१ वर्षीय युवकलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रबक्ता जितेन्द्रकुमार बस्नेतले जानकारी दिएका छन् ।

बालिकालाई ती युवकले आईतबार दिउँसो साईकलमा घुमाउँन लगेर एकान्तमा पुर्याएर बलात्कार गरेको उजुरीमा उल्लेख गरीएको छ ।

पक्राउ पर्ने युवक र बालिकाको घरसँगै भएकोले आरोपीतको नाम नखुलाईएको प्रवक्ता बस्नेतले बताएका छन्। परीवारले बताए अनुसार बालिकालाई ती युवकले दिउँसो घुमाएर ल्याएपछि आफ्नी बच्चीको योनीमा रगत देखेका थिए ।

युवकलाई प्रहरीले आइतबार राति पक्राउ गरेका हुन् । पीडित बालिकाको मेची अञ्चल अस्पताल भद्रपुरमा स्वास्थ्य परीक्षण गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्