काठमाडौं । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई थुनामुक्त गर्न पुनः आदेश दिएको छ । सर्वोच्चको सो आदेशसँगै प्रवक्ता विश्वकर्मा रिहा भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्धय अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको मंगलबार बसेको संयुक्त इजलासले प्रवक्ता विश्वकर्मालाई पुनः थुनामुक्त गर्न आदेश दिएको हो ।
सर्वोच्च अदालतले यसअघि पटक पटक थुनामुक्त गर्न दिएको आदेश पालना नगरेको भन्दै सरकारलाई सचेत गराएको थियो । सर्वोच्चको आदेशपछि प्रवक्ता विश्वकर्मा थुनामुक्त भएका छन् । उनलाई यसपटक भने प्रहरीले पुनः पक्राउ गरेको छैन ।