इटहरीमा खुल्यो सपिङ मल सेन्ट्रल प्लाजा, सिनेमा हल सिनेफ्लिक्स पनि सञ्चालनमा

<span class='c1'>इटहरीमा खुल्यो सपिङ मल सेन्ट्रल प्लाजा,</span> <span class='c2'>सिनेमा हल सिनेफ्लिक्स पनि सञ्चालनमा</span>

इटहरी असोज ९ ,  श्रेष्ठ इन्टरटेनमेन्ट एण्ड हस्पीटालिटीले इटहरीको केन्द्रमा आकर्षक सपिङ्ग मल सेन्ट्रल प्लाजा र अत्याधुनिक सुविधायुक्त उच्च गुणस्तरको सिनेमा हल सिनेफ्लिक्स सञ्चालनमा ल्याएको छ ।

 

उद्घाटन समारोहमा श्रेष्ठ इन्टरटेनमेन्ट एण्ड हस्पीटालिटीका निर्देशक राजेश श्रेष्ठले यो सपिङ मलले यस क्षेत्रका जनताको विश्वास जित्ने बताए । 'हामीलाई विश्वास छ पहिलो पटक इटहरीमा खुलेको यस सिनेमा हल र सपिङ्ग मलले इटहरीका दर्शकलाई मनोञ्जनको उत्कृष्ट अनुभव गराउनेछ', उनले भने ।  

बजारको चोकमै रहेको १० तल्ले सपिङ्ग मलको ग्राउन्ड फ्लोरदेखि तेस्रो तल्लासम्म अन्तराष्ट्रिय ब्रान्डका पसलहरु रहनेछन् । जहाँ संसारका फेसन ट्रेन्डको थरिथरिका लुगा पाइनेछ भने चौथो तल्लामा फुड कोर्ट, गेमिङ्ग जोन र किड जोन रहनेछ ।

सिनेफ्लिक्स मल्टिप्लेक्स भवनको पाँचौ तल्लामा रहेको छ । इटहरीमा पहिलो पटक बनाइएको लक्जरी मल्टिप्लेक्समा दुईवटा स्क्रिन छन् । २७० सीट क्षमताको उक्त मल्टिप्लेक्सको स्क्रिनमा पछिल्ला सबै हिन्दी, नेपाली र अङ्गग्रेजी सिनेमा थ्रीडीमा हेर्न पाइने छ ।

सेन्ट्रल प्लाजाको ६ देखि ९ तल्लामा श्रेष्ठ इन्टरटेनमेन्ट एण्ड हस्पीटालिटीको नयाँ लगानीको होटल भरन्डा रहनेछ । यो होटलमा ३६ आकर्षक कोठा छन् । सबै कोठाबाट इटहरीको दृश्य देख्न सकिने बरन्डाको व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्