काठमाडौं असोज १० । दोलखाको भिमेश्वरमा बलात्कार आरोपमा दुलाही भित्र्याउने तयारीमा रहेका दुलाहा नै पक्राउ परेका छन् ।
१६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा शान्ति चौलागाईँ पक्राउ परेका हुन् । किशोरीले उजुरी गरेपछि दुलही भित्र्याउने तयारी गरिएको कार्यक्रममा नै पुगेर चौलागाईँलाई प्रहरीले पक्राउ गरेको थियो । एकमहिना अघि नै भगाएर ल्याएर भित्र्याउने तयारी गरिरहँदा प्रहरीले पक्राउ गरेको थियो ।
उजुरी गर्ने १६ वर्षीया किशोरीले कक्षा ७ मा पढ्दादेखि नै शान्तिले बिहे गर्ने आश्वासन दिँदै आएको बताएकी छन् ।