सहकारी संस्थाको कार्यलयमा अचानक विधुत सर्टभई आगलागी हुँदा १ करोड बढीको क्षती

सहकारी संस्थाको कार्यलयमा अचानक विधुत सर्टभई आगलागी हुँदा १ करोड बढीको क्षती

विराटनगर १० असोज । सुनसरीको दुहवी ५ स्थित श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. मा गए राती अचाकन आगलागी हुँदा एक करोड बराबरको क्षति भएको छ ।
मंगलबार राती साढे ११ बजे बिद्युत शर्ट भइ आगलागि भएको हुन सक्ने प्रहरी अनुमान गरेको छ ।
आगलागीका कारण करिब एक करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको संस्थाका अध्यक्ष मिलिराम चौधरीले जानकारी दिए ।
आगलागिबाट संस्थाको कागजपत्र, कम्प्यूटर, फर्निचर लगायत सामानहरु जलेर नष्ट भएको चौधरीले बताए । आगलागी नियन्त्रणको लागी बिराटनगरबाट २, इटहरीबाट १ इनरुवाबाट १ र दुहवीबाट १ गरि ५ ओटा दमकलले ४ घण्टापछि आगो नियन्त्रणमा लिएको एक नम्बर प्रदेश प्रहरी कार्यलयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्