विराटनगरका रविन भुजेलले अभिनय गरेको पहिलो म्युजिक भिडियो सार्बजनिक (भिडीयो सहित )

विराटनगरका रविन भुजेलले अभिनय गरेको पहिलो म्युजिक भिडियो सार्बजनिक (भिडीयो सहित )

प्रेम देवान

विराटनगर १० असोज । विराटनगर १६ दक्षिण गेट घर भएका डान्सर रविन भुजेलले अभिनय गरेको पहिलो म्यूजिक भिडीयो सार्वजनिक भएको छ ।
गायक शिब थापा मगरको म्यूजिक भिडीयोमा आवाज रहेको छ । यस गीतमा शब्द तथा संगीत पनि स्वयम शिब थापा मगर कै रहेको छ । रक डान्स मेलोडी को यो गित मा बुगी वगी का सुपर डान्सर रबिन भुजेलको प्रस्तुती तथा अभिनय रहेको छ साथै ममता र अलिशा राई को पनि अभिनय रहेको छ ।
यस गितमा एरेन्ज भने देवेन्द्र नेवा को रहेको छ त्यसै गरी यस गीतमा छायांकन तथा सम्पादन ओम प्रसाई को रहेको छ भने मेकपमा बिमला तामाङले साथ दिइएकि छिन । कोरियोग्राफर मा रिज्यान श्रेष्ठ को रहेको छ । म्युजिक हाईलाईट बाट बजार ब्याबस्थान गरेको यस गीतको म्युजिक भिडियो नेपालको हट डान्सर तथा कोरियोग्राफर मेघना मगरले निर्देशन गरेकी छिन् ।

म्युजिक भिडियोको निर्देशन गरेकी मेघना मगरले भनिन् – पहिलो पटक रविन भुजेललाई अभिनय गरेको म्यूजिक भिडीयो निर्देशन गराउन पाउँदा एक दमै खुशी लागेको छ, । रविनले पहिले देखि नै क्यामारा फेस गरिसकेका कारण काम गर्न सजिलो भएको मेगना मगरले आवर विराटनगर डट नेटसँग भनिन् । करिब आदा दर्जन म्युजिक भिडीयोको कोरियोग्राफी तथा २ वटा म्युजिक भिडीयो निर्देशन गरेको मेगनाले आवर विराटनगरलाई जानकारी दिईन् ।

[caption id="attachment_65798" align="alignnone" width="718"] म्युजिक भिडियो नेपालको हट डान्सर तथा कोरियोग्राफर मेघना मगर[/caption]

विराटनगरका डान्सर रविन भुजेलले अभिनय गरेको पहिलो म्यूजिक भिडीयो

https://youtu.be/6UmWF013HPU

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्