भारतीयलाई मात्र रोजगार दिएको भन्दै बाँसबारीमा रहेको मनिस मितल कम्पनीमा स्थानियवासीद्धारा विरोध

<span class='c1'>भारतीयलाई मात्र रोजगार दिएको भन्दै बाँसबारीमा</span> <span class='c2'>रहेको मनिस मितल कम्पनीमा स्थानियवासीद्धारा विरोध</span>

विराटनगर १० असोज । मोरङको बाँसबारीमा रहेको मनिस मितलको दुर्गा सेन्सेटिक कम्पनीले भारतीय कामदारलाई मात्र प्रोत्साहन गरेको भन्दै स्थानियवासीले विरोध जनाएका छन् ।
नेपाली कामदाको कृतिम अभाव देखाई दुर्गा सेन्सेटिक कम्पनीले भारीतय कामदार मात्र प्रयोग गरेको भन्दै स्थानियले बिरोध गरेको छन। घोसित चरणबद्ध आन्दोलन अनुसार बुधबार बिहानैदेखि आन्दोलन मा उत्रिएका हुन् ।
स्थानिय युवाहरु बेरोजगार भई काम नपाएर भौतारी रहेको बेला भारतबाट कामदार ल्याएर प्रयोग गर्नु स्थानिय माथिको अन्याए भएको स्थानिय ले बताएका छन् । नेपाली कामदारलाई बिभिन्न बाहना बनाएर कम्पनीका मालिक मनिस मित्तलले नराख्ने गरेको स्थानिय संन्जु राजवशीले गुनासो गरिन्
पटक पटक स्थानिले काम पाउनु पर्ने भन्दै दवाव दिएको भएपनी कम्पनीका मालिकहरुले नसुन्दा अझै ससक्त आन्दोलन गर्ने स्थानिय विमल चौधरीले बताए ।
उता दुर्गा सेन्सेटिक कम्पनीले भखरै उधोग चलाउन थालेकाले स्थानीयलाई मिलाएर लैजाने संचालक मिनस मितलले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्