झापामा कुकुरको सङ्ख्या घटाउन बन्ध्याकरण गरिदै

<span class='c1'>झापामा कुकुरको सङ्ख्या</span> <span class='c2'>घटाउन बन्ध्याकरण गरिदै</span>

भद्रपुर असोज ११ । सडकका कुकुरको सङ्ख्या घटाउने उद्देश्यले झापा नगरपालिकामा बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ । कुनै पनि जनावर मार्न नपाइने अन्तर्राष्ट्रिय मान्यताका कारण कुकुरलाई बन्ध्याकरण गरी प्रजननदर घटाउन शिविर सञ्चालन गरिएको हो ।

भद्रपुर नगरपालिकाको पशु सेवा शाखाले जनावरको सुरक्षा–स्वास्थ्य र उद्धारका क्षेत्रमा काम गर्दै आएको ‘हिमालयन एनिमल रेस्क्यु ट्रष्ट’ (हार्ट)को सहयोगमा सञ्चालित पाँच दिने शिविरमा दैनिक ४० का दरले सडक कुकुरको बन्ध्याकरण गर्दै आएको छ । उक्त नगरपालिकामा कुकुरको बन्ध्याकरण शिविर आयोजना गरिएको यो चौथोपटक हो । भद्रपुर रेविजको जोखिममा रहेको नगरपालिका भएका कारण पनि यो नगरलाई प्राथमिकतामा राखिएको नगरप्रमुख जीवनकुमार श्रेष्ठले बताउनुभयो ।

डा चन्द्र राई, डा विशाल चौधरी, डा समीर थापा, डा गोपाल देवकोटालगायतको प्राविधिक टोलीले यसअघि मेचीनगर नगरपालिकाको विभिन्न वडामा कुकुरको बन्ध्याकरण शिविर गरेको थियो । उक्त शिविरमा १५० बढी कुकुरको बन्ध्याकरण गरिएको उक्त नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले बताउनुभयो । विश्वमा सन् १९८६ मा कुकुरको बन्ध्याकरण अभियान शुरु भएकामा नेपालमा सन् २०१०मा ‘हार्ट’को स्थापना पछि बध्याकरण शुरु गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्