आज नेपाल आउने पर्यटकलाई खानामा २० प्रतिशत छुट

<span class='c1'>आज नेपाल आउने पर्यटकलाई</span> <span class='c2'>खानामा २० प्रतिशत छुट</span>

काठमाडौं असोज ११।  होटल व्यवसायीहरूको छाता संगठन होटल एसोसिएसन नेपाल (हान) ले भोलि बिहीबार विश्व पर्यटन दिवसका दिन नेपाल आइपुग्ने विदेशी पर्यटकलाई सबै  सदस्य होटलमा खानामा २० प्रतिशत छुट दिने घोषणा गरेको छ ।

हानका अनुसार प्रत्येक वर्ष सेप्टेम्बर २७ मा मनाइने विश्व पर्यटन दिवसका दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोदेखि अन्तिम उडानबाट आउने विदेशी पर्यटकलाई विमानस्थलस्थित काउन्टरबाट खानामा २० प्रतिशत छुटको कुपन वितरण गरिने छ ।

त्यसै गरी पहिलो उडानबाट आउने पहिलो तीनजनालाई विशेष सम्मान गरिने हानले जनाएको छ । उक्त कुपन सेप्टेम्बर २८ र २९ सम्म उपयोग गर्न सकिने छ भने देशभरका होटलमा छुटको व्यवस्था गरिएको हानको भनाइ छ । पर्यटकले धेरै अगाडिदेखि नै होटल बुकिङ गरेर आउने भएका कारण यस्तो सुविधा खानामा मात्र दिइएको हो ।

“विदेशी पाहुनालाई नेपालप्रति थप आकर्षित गराउन र उनीहरूको बसाइ सुखद बनाउन यस किसिमको आतिथ्य सत्कार प्रदान गरी नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले छुटको व्यवस्था गरिएको हो,” हानले जारी गरेको विज्ञप्तिमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्