ऋषी धमलाकी पत्नी एलिजा गौतमले विराटनगरका पत्रकारलाई भनिन् – कसैकोे नामले फिल्म चल्ने हैन ! (भिडीयो सहितं)

<span class='c1'>ऋषी धमलाकी पत्नी एलिजा गौतमले विराटनगरका पत्रकारलाई भनिन् –</span> <span class='c2'>कसैकोे नामले फिल्म चल्ने हैन ! (भिडीयो सहितं)</span>

प्रेम देवान
विराटनगर ११ असोज । भोली असोज १२ गतेदेखि अल नेपाल प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘अनुराग ’फिल्मकी नायिका एलिजा गौतम र नायक समुन्द्र पण्डित फिल्मको प्रचार प्रसार गर्न विराटनगर आए ।
नेपाल पत्रकार महासघ शाखा कार्यलय मोरङमा आएर एकदमै छोटो समयमा पत्रकारहरुसँग फिल्मबारे केही कुरा जानकारी गराए । सुरुमा विराटनगरका पत्रकार प्रल्हाद गुरागाइले नायक, नायिका तथा फिल्मकोबारे संक्षित परिचय गराए । पत्रकारहरुका अगाडी नायिका एलिजा गौतमलाई बस्न अलिक असहज भएको महशुस गरिरहेकी थिईन् ।
सेतो र रातो रङको फुलबुट्टे वानपिसमा सजिएर विराटनगर आईपुगेकी एलिजा चिटिक्क देखिन्थिन् । नेपालका चर्चित पत्रकार ऋषी धमलासँग एलिजाको विहे भईसेको छ । उनी २ सन्तानकी आमा हुन् । यद्यपी उनी सन्तानकी आमा जस्तो भने देखिनन् । पत्रकारहरुको अगाडी बसेर फिल्मको बारे जानकारी गराईरहँदा एलिजा सुरुदेखि नै अपठ्यारो मानिरहेका थिईन् ।
एरिका फिल्मस प्रोडक्सनले तयार पारेको ‘अुनराग’ भोली १२ गते शुक्रबार अल नेपाल प्रदर्शनमा आउदैछ । नेपालका चर्चित पत्रकार ऋषि धमलाकी श्रीमती एलिजा गौतम र नव—नायक समुन्द्र पण्डितको अभिनित डेव्यू चलचित्र ‘अनुराग’ हो । एलिजा र समुन्द्रको सांगीतिक प्रेम सम्बन्धमा आधारित यस चलचित्रमा सरोज खनाल, ठिलेंन लामा, राजाराम पौडेल, शिशिर राना, विश्व बस्नेत, मोहन निरौला, रुपा राना लगायतले पनि अभिनय गरेका छन् । सत्यराज चौलागाईंले चलचित्रको निर्देशन गरेका हुन् भने ऋषि धमला फिल्मको प्रस्तुतकर्ता हुन् । फिल्ममा करिब एक करोड लगानी गरिएको अनुमान गरिएको छ, अब यो फिल्मले एक करोड उठाउने हो या हैन अबको दिनपछि थाहा हुनेछ ।

https://youtu.be/rWRjxGUaxCY

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्